२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

गाउँमा सहकारी शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता

१४ चैत्र २०७२, आईतवार ००:०२

चैत्र १३,
प्रज्वल पौडेल, रामेछाप ।

नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीका शेयर सदस्यहरुले गाउँ गाउँमा सहकारी शिक्षा
कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । सहकारी अध्ययन अवलोकन भ्रमणमा गएका सदस्य र
सञ्चालक समितिबीच सदरमुकाम मन्थलीमा शनिबार भएको भ्रमण समिक्षा कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्
। सहकारीको शेयर सदस्य बनेपछि के–कस्तो लाभ लिन सकिन्छ, अरु सहकारी भन्दा आफ्नो सहकारीमा के भिन्नता छ
सो कुरा नागरिकस्तरमा पुर्‍याउनुपर्ने उनीहरुको सुझाव छ । उनीहरुले गाउँ गाउँमा सेवा केन्द्र विस्तार
गर्नुपर्ने, शेयर सदस्यको आयस्तर बृद्धि हुने र महिला, बालबालिका, युवा लक्षित कार्यक्रम संचालन
गर्नुपर्नेमा जोड दिए । उनीहरुले सहकारी अध्ययन भ्रमणले सहकारीविच समन्वय, आपसी सम्बन्ध विस्तार र
सहकारी क्षेत्रलाई मजबुत बनाउन महत्वपूर्ण भुमिका खेलेको बताए ।

news 1

चितवन र
नवलपरासी जिल्लाका सहकारीहरुले संचालन गरेको बचत तथा ऋणका कारोबार रामेछापमा पनि लागू गर्न सकिने ऋण
उपसमितिका सदस्य सिताराम कार्कीको भनाइ छ । सहकारी अध्ययन भ्रमणले सदस्यहरुप्रति आत्मबल बढेको बताउदै
सदस्य कार्कीले प्रतिबेदनमा समावेश भएका विषयलाई कार्यान्वयनमा लैजादा संस्थालाई फाइदा पुग्ने बताउनुभयो
। त्यसैगरी संस्थाका शेयर सदस्य गोमा थापाले महिला तथा बालबालिकालाई प्रत्यक्ष फाइदा हुने कार्यक्रमहरु
सहकारीले संचालन गर्नुपर्नेमा धारणा राख्नुभयो । उहाँले आगामी दिनमा समेत सहकारी अध्ययन भ्रमणलाई
निरन्तरता दिनुपर्ने बताउनुभयो ।

news 3

कार्यक्रममा
सहकारीका सचिव सोमेश थापाले सहकारी अध्ययन भ्रमणमा गएका सदस्यले दिएका सुझावलाई संचालक समितिको बैठकमा
लगेर छलफल गरिने बताउनुभयो । उहाँले प्रतिवेदन तथा छलफलमा उठाइएका विषयबस्तुलाई अध्ययन गरि तत्कालिन र
दिर्घकालिन कार्यलाई प्राथमिकिकरण गर्दै भावी योजना तयार गर्ने प्रतिबद्धता जनाउनुभयो । सहकारीका नैतिक
मूल्यहरुको विश्लेषण गर्दा इमान्दारिता सहकारीका क्रियाकलाप पारदर्शि हुन्छन् सहकारीमा ढाँट छललोभ पाप
हुदैन सचिव थापाले भन्नुभयो–आफुलाई सुम्पीएको जिम्मेवारी संचालक समितिले इमान्दारीपूर्वक गर्दछन् । ऐन
नियम तथा विनियमको मर्यादामा इमान्दारिता हुन्छ । नीति अनुरुपको आचारण गर्ने गर्छन् ।” सहकारी संस्थामा
पारदर्शिता ल्याउनका लागि सहकारी संस्थाका सबै आ–आफ्नो क्षेत्रबाट सक्रिय हुनुपर्छ– उहाँले भन्नुभयो ।”

news 2
सहकारीका उपाध्यक्ष दीपककुमार
क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा व्यवस्थापक रमेशकुमार उदासले सहकारी अध्ययन भ्रमणमा
लागेको खर्चको जानकारी गराउनुभयो । नवजागरण साकोसले बार्षिक साधारणसभामा गोलाप्रथाद्धारा छनौट भएका
शेयरसदस्य र संचालक समितिका पदाधिकारीसहित ३२ जनालाई ५ दिने सहकारी अध्ययन भ्रमणमा लगेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली