2026-09-10 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अनलाइनबाटै पुलिस रिपोर्ट, यस्तो छ रिपोर्ट लिने तरिका

मङ्सिर १९, काठमाडौँ | पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् ।

नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको हो ।

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले दैनिक १ हजारको संख्यामा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुलिस रिपोर्टका लागि आवेदन दिने गरेको समेत जानकारी दिए । सो संख्या दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ । यो प्रणाली सुरु भएसँगै लाइन लगाएर पुलिस रिपोर्ट दिनसमेत अन्त्य गरिएको छ । 

यस्तो छ तरिका 

अनलाइनबाट पुलिस रिपोर्ट लिनको लागि प्रहरी रिपोर्ट लिने व्यक्तिले अब नेपाल प्रहरीको वेबसाइट लिंक https://opcr.nepalpolice.gov.np/#/login मा गएर फारम भर्नुपर्ने हुन्छ । 

वेबसाइट लिंक खुलेपछि प्रयोगकर्ता रजिस्टर गरेर आवश्यक विवरणहरु भर्नुपर्ने हुन्छ । विवरण भर्दा आफूलाई प्रहरी रिपोर्ट किन आवश्यक परेको हो भन्ने व्यहोरा समेत खुलाउनुपर्ने हुन्छ । साथै आफू पहिले कुनै आपराधिक घटनामा संलग्न भए/नभएको बारे मागिएको जवाफ समेत भर्नुपर्ने हुन्छ । 

सबै विवरण भरिसकेपछि अन्तिम चरणमा सबै विवरण देखिन्छ । भरिएका विवरण कुनै मिलेको छैन भने सच्याउन पनि सकिन्छ । त्यसपछि आफ्नो विवरण पठाएपछि रजिस्ट्रेसनको एप्लिकेशन नम्बर आउँछ । त्यसै नम्बर लिएर फारम भरेको तीन दिन पछि नेपाल प्रहरीको केन्द्रीय कार्यालयको चालचलन शाखाबाट रिपोर्टको सक्कल लिन सक्छन् । 

प्रहरीका अनुसार हार्डकपि चाहिएको खण्डमा मात्र राजधानी आउनुपर्नेछ, अन्यथा अनलाइन प्रणालीबाट भरिएको विवरणबाटै कतिपय काम गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो