२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

शिक्षकहरु घर बनाउन व्यस्त, एक सातादेखि विद्यालय बन्द

२०७६, ११ पुष शुक्रबार १५:३४

सम्राट सिंह | पुष ११, बझाङ | शिक्षकहरु सदरमुकाम चैनपुरमा घर बनाउन व्यस्त भएपछि एक साता देखि जिल्लाको साइपाल गाउँपालिका वडा नम्बर २ मा पर्ने जनज्योती प्राथमिक विद्यालय बन्द भएको छ । 

शिक्षक जस्विर बोहरा सदरमुकाम चैनपुरमा एक महिना देखि घर बनाउन थालेको र विद्यालयका प्रधानाध्यापक दिपक रोकाया पनि  गाउँपालिका स्तरीय खेलकुद कार्यक्रमका लागि खेलकुद सामाग्री खरिदका लागि सदरमुकाम चैनपुर आएपछि एक साता देखि विद्यालय बन्द भएको हो ।

२ वटा शिक्षक र ५५ विद्यार्थी संख्या भएको उक्त जनज्योती प्राथमिक विद्यालयमा शिक्षकहरु पढाउन छोडेर चैनपुर आएपछि एक सातादेखि विद्यार्थीहरु अध्ययन गर्नबाट बञ्चित भएका छन ।

शिक्षक जस्विर बोहरा साइपाल गाउँपालिका की उपाध्यक्ष कल्पना बोहराका श्रीमान भएकाले पनि उनले विद्यालयलाई थोरै समय मात्र दिई विद्यार्थीहरुको भविश्य माथी खेलवाड गरीरहेको स्थानियको आरोप छ । स्थानिय भन्छन उनी २ महिना सम्म विद्यार्थीहरु पढाउन छोडेर सदरमुकाम चैनपुरमा घर बनाउन व्यस्त छन । 

गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिताका लागि आवश्यक सामग्री खरिद गर्न आफु सदरमुकाम चैनपुर आउँदा विद्यालय बन्द गर्नु परेको जनज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक दिपक रोकायाले बताए । उनले भने २ जना शिक्षक मात्र छौं सदरमुकाम चैनपुरमा आवश्यक काम पर्यो भने विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो