2026-09-13 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा झुलाघाट नाका भएर आउने पर्यटकलाई निःशुल्क खाना र बस्न व्यवस्था

पुस १६, बैतडी | बैतडीमा घुम्न आउने पर्यटकलाई निःशुल्क खान र बस्न व्यवस्थागर्ने निर्णय गरिएको छ | नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पश्चिम नेपालको झुलाघाटबाट नाकाबाट नेपाल घुम्न आउने विदेशी पर्यटकलाई बैतडीका होटल व्यवसायीले नयाँ वर्षको पहिलो दिन निःशुल्क खाना र बास दिने निर्णय गरेका हुन् |

बैतडी घुम्न आउने पर्यटकलाई प्यारा ग्लाईडिङमा उडाएर बैतडीको टिपिकल खाना बटुक, माणा, मकैको रोटी र छाँच (मोही), बैतडीको चाकासहितको अर्गा्निक मह खुवाउँने कार्यक्रम रहेको उद्योग बाणिज्य संघ बैतडीले जनाएको छ |

जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ बैतडीको अगुवाईमा नयाँ वर्ष २०२० को पहिलो दिन बुधबार झुलाघाट नाकामा पर्यटकलाई नेपाली ढाका टोपी, माला र खादा ओढाउने कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए |

भ्रमणका लागि बैतडीको त्रिपुरासुन्दरी, एसियाकै लामो दाबी गरिएको पातालभूमेश्वर गुफा र तलाउ मुख्य आकर्षण रहेका छन् | बैतडीबाट अपी शैपाल हिमालको दृश्यावलोकन गर्न सकिन्छ | पश्चिम नेपालको पुरानो चल्तीको नाका झुलाघाट भएर नेपाल घुम्न आउने विदेशी पर्यटकलाई नयाँ वर्षको उपलक्षमा पहिलो निःशुल्क खाना निःशुल्क खाना र बासको व्यवस्था मिलाईएको उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए |

प्रशासनको आग्रहमा विशेष पर्यटकलाई विशेष छुट दिन उद्योग बाणिज्य संघलाई अनुरोध आएकोमा होटल व्यावसायिले पहिलोदिन पर्यटकलाई खान र बस्न निःशुल्क व्यवस्था मिलाएइएको उनले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन