2026-09-10 01:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ सय जना युवालाई निशुल्क सीपमुलक तालिमको अवसर, आवेदन दिने तरिका हेर्नुहोस्

मनोज पराजुली । पुस २८, काठमाडौं । व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले निशुल्क सीप मुलक तालिम लिन चाहनेहरुलाई लक्षित गरि आवेदन खुलाएको छ । प्रतिष्ठानबाट संचालन हुने सीप विकास तालिमका लागि विभिन्न ७ विषयमा कुल १२ सय ४० जनाको लागि आवेदन खुलाइएको हो ।

मोवाइल मर्मतको लागि एक सय २० जना, मेसन सय जना, प्लम्बर २ सय जना, वेटर/वेट्रेस १ सय ८० जना, कार्पेन्टर सय जना, हाउस किपिङ्गमा २ सय ८० जना र कुकको लागि २ सय ४० जनालाई निशुल्क तालिम दिइने छ । 

तालिम लिन इच्छुक नेपाली नागरिकले प्रशिक्षार्थी निवेदन फाराम, नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि सहित माघ १३ गतेसम्म आवेदन फाराम भर्नुपर्नेछ । अन्तर्वार्ता सुचनामा तोकिएको मितिमा हुने र प्रशिक्षार्थी छनौट समितिले गरेको निर्णयानुसार प्रशिक्षार्थी छनौटको सूचना पछि प्रकाशित हुनेछ । 

तालिममा छनौट भएका प्रशिक्षार्थीहरुले तोकिएको मितिबाट तालिममा सहभागी हुनुपर्नेछ । तालिम शुरु भएको पहिलो दिन भर्ना नहुनेहरुको स्थानमा वैकल्पिक उम्मेदवारलाई तालिममा सहभागी गराईने जनाइएको छ ।  विपन्न, दलित, अपाङ्ग, शहिद परिवार, एकल महिला र पिछडिएको क्षेत्रका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ । 

तालिम लिन इच्छुक उम्मेदवारको उमेर १८ देखि ३० वर्षको हुनुपर्नेछ तर एकल महिला, अपाङ्ग तथा द्बन्द्ब पीडित व्यक्तिको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ । प्रशिक्षार्थीको  छनौट अन्तर्वार्ताबाट गरिनेछ । एक समूहमा औषत १५/२० जना प्रशिक्षार्थीलाई सहभागी गराइनेछ । 

तालिममा सहभागी हुनेले बस्न र खान सहभागी आफैले व्यवस्था गर्नुपर्नेछ । गाउंपालिका र नगरपालिका वा प्रदेश सरकारबाट प्रशिक्षार्थीको लागि लागत सहभागिता हुने गरी प्रस्ताव भएमा विशेष प्राथमिकता दिइनेछ । रोजगारी गर्ने वा स्वरोजगारमा उद्यम गर्ने लक्ष्य भएकाले आवेदन गर्नुहोला । तालिममा छनौट भई मनासिब कारण बेगर तालिम छोडेमा सरकारी अभिलेख राखि भविष्यमा कुनै पनि तालिममा सहभागी गराइने छैन ।   

प्रशिक्षार्थीहरुबाट तालिम बापत कुनै शुल्क लिइने छैन र तालिम सामग्री निशुल्क उपलब्ध गराइनेछ । म्याद नाघी आएको र रीत नपुगेको आवेदन उपर कुनै कारवाही नहुने जनाइएको छ । 

हेर्नुहोस् सूचना 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो