पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ ३, काठमाडौँ | </b>हिमपात भएपछि वन्यजन्तुको चोरी शिकार बढेको छ । खप्तड क्षेत्रका नजिकका जंगलमा वन्यजन्तुको चोरी शिकार बढेको हो । यहाँ उच्च लेकाली भेगमा दिनहुँ चोरी शिकार भइरहेको स्थानीय डम्मर नेपालीले बताए । <br></p><p>वन्यजन्तुको शिकार गर्नेहरु बन्दुक, भाला, खुकुरी लिएर दिनहुँ जंगल जान थालेको उनले जानकारी दिए । लेकाली भेगमा बाक्लो हिमपातसँगै वन्यजन्तुहरु वस्ती तथा औलतिर आउने भएकाले शिकारीहरु शिकार खेल्न जाने गरेको स्थानीयले बताउँछन् । </p><p>यहाँका सिकारीले कालिज, बँदेल, मृग, घोरल, बदेल, जरायो, रतुवालगायतका बन्यजन्तुको सिकार गरी सकुटी बनाएर स्थानीय बजारमा बिक्री गर्ने गरेका छन् |- यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।</p>

