२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बैतडीमा आमाले ओडारमा भैंसी पालेर स्नातकोत्तर पढाएको छोराले लोकसेवा पास गरे (भिडियो सहित )

२०७६, १३ माघ सोमबार ०६:२९

माघ १३, बैतडी | बैतडीमा आमाले ओडारमा भैंसी पालेर स्नातकोत्तर (मास्टर डिग्री) पढाएका छोराले लोकसेवा पास गर्नुभएको छ | गरिबीले खान लगाउन नपुगेपछि तीनरचार गाउँबसाँई सरेर बस्ने ठाउँको अभावमा निरक्षर आमाले ओडारमा भैंसी पालेर छोरोलाई स्नातकोत्तर पढाउनु भएको छ |

जिल्लाको पाटन नगरपालिका–७, कैलपालकी केटरी बोहराले लेकको ओडारमा भैंसी पालेर घिउ बेचेर दुई छोरालाई मास्टरडिग्री पढाएको कथा निकै मर्मस्पर्शी छ | ओडारमा भैंसी पालेर छोराहरुलाई हुर्काउँदै स्कूल पढाएका केटरी बोहराका कान्छो छोरा खडकसिंह बोहराले भर्खरै लोकसेवा पास गर्नुभएको छ | खड्कसिंहले एक महिनाअघि लोकसेवा आयोगबाट प्रशासन सहायक पाँचौं तह पास गरेर डडेल्धुराको आमरगढी नगरपालिकामा सेवा सुरु गर्नुभएको छ। खड्कसिंहले त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा मास्टर डिग्री गर्नुभएको छ |

लाकेसेवा पास गरेर आमाको आर्शिवाद लिन डडेल्धुराबाट घर पुग्नु भएका खडकसिंह बोहराले आमाले ओडारमा भैंसी पालेर आफुलाई हुर्काउने र पढाउने काम गरेको कुरा शब्दमा बयान गर्न नसकिने बताए। बोहराले भने, –“आमाको संघर्षको कथाले नै आफुलाई मेहनती बनाएको हो। म आमाको ऋण कहिल्यै तिर्न सक्दिन्। हामी दुई जना भाइ यति भाग्यमानी छौं कि, हामीले यस्ती महान आमा पायौं जो, आफु आक्षर तिन्नुहुन्छ तर, हामीलाई यति ठूलो संघर्ष गरेर पढाउनुभयो।”

जेठो छोरा शेरसिंह बोहराले पनि त्रिभुवन विश्व विद्यालयबाट नेपाली विषयमा मास्टर डिग्री गरेर गाउँकै माध्यमिक विद्यालयमा शिक्षक छन्। केटरी बोहरा आफू निरक्षर हुन्। नागरिकतामा नारुदेवी नाम भए पनि उनको परिचित नाम भने केटरी छ। उमेरले छ दशक पुग्न लागेकी केटरी बोहरा अहिले पनि ओडारमै भैंसीको स्याहार गर्दै आएकीछिन् |- गोर्खापत्र

हेर्नुहोस भिडियो :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले