पढ्न करिब 1 मिनेट लाग्छ

शिला पाण्डे, पर्वत । कुश्मा नगरपालिका भित्र रहेका सुन्तला कृषकलाई तीन दिने सुन्तला खेती सम्बन्धी तालिम दिइएको छ । नगरपालिकाभित्र रहेका सुन्तला कृषकलाई एकिृत गर्न र सुन्तलाको सम्भावनालाई विस्तार गर्नको लागि तीन दिने सुन्तला खेती तालिमको आयोजना गरिएको हो ।

तीन दिने तालिमको कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले समापनमा बोल्दै कृषकहरुको लागि नगरपालिकाले प्रविधिमैत्री बनाउने गरी नीति लिएको बताइन । उनले कुश्मा नगरपालिका ११, १२ , १३ र १४ नं बडालाई सुन्ताला खेतीको राम्रो क्षेत्रका रुपमा विस्तार गर्नको लागि तालिमको आयोजना गरेको बताइन ।

कार्यक्रममा अर्जुन शर्मा, कुमार पुन,सुजित पौडेल र विश्वास काफ्लेले सहजिकरण गरेका थिए ।

सहभागी इन्द्रबहादुर गुरुङ र शुभा गौतमले तालिम निकै नै प्रभावकारी भएको बताइन । उनले आगामी दिनमा सुन्तला खेती गर्नको लागि थप हौसला प्रदान गरेको बताइन । आगामी दिनमा यस्तै अन्य तालिमको व्यवस्थापन नगरपालिकाले गरे निकै राम्रो हुने बताए ।

कृषि ज्ञान केन्द्र पर्वतको सभाहलमा भएको कार्यक्रममा कुश्मा नगरपालिकाका चार वडाका २२ जना सुन्तला खेती कृषक सहभागी थिए भने कृषकहरुलाई निशुल्क करौती,सिकेचर वितरण गरिएको थियो ।