२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुन्तला कृषकलाई तालिम

२५ माघ २०७६, शनिबार ०२:०५


शिला पाण्डे, पर्वत । कुश्मा नगरपालिका भित्र रहेका सुन्तला कृषकलाई तीन दिने सुन्तला खेती सम्बन्धी तालिम दिइएको छ । नगरपालिकाभित्र रहेका सुन्तला कृषकलाई एकिृत गर्न र सुन्तलाको सम्भावनालाई विस्तार गर्नको लागि तीन दिने सुन्तला खेती तालिमको आयोजना गरिएको हो ।

तीन दिने तालिमको कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले समापनमा बोल्दै कृषकहरुको लागि नगरपालिकाले प्रविधिमैत्री बनाउने गरी नीति लिएको बताइन । उनले कुश्मा नगरपालिका  ११, १२ , १३ र १४ नं बडालाई सुन्ताला खेतीको राम्रो  क्षेत्रका रुपमा विस्तार गर्नको लागि तालिमको आयोजना गरेको बताइन । 


कार्यक्रममा अर्जुन शर्मा, कुमार पुन,सुजित पौडेल र विश्वास काफ्लेले सहजिकरण गरेका थिए ।

सहभागी इन्द्रबहादुर गुरुङ र शुभा गौतमले तालिम निकै नै प्रभावकारी भएको बताइन । उनले आगामी दिनमा सुन्तला खेती गर्नको लागि थप हौसला प्रदान गरेको बताइन । आगामी दिनमा यस्तै अन्य तालिमको व्यवस्थापन नगरपालिकाले गरे निकै राम्रो हुने बताए  ।

कृषि ज्ञान केन्द्र पर्वतको सभाहलमा भएको कार्यक्रममा कुश्मा नगरपालिकाका चार वडाका २२ जना सुन्तला खेती कृषक सहभागी थिए भने कृषकहरुलाई निशुल्क करौती,सिकेचर वितरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण