माघ २७, काठमाडौं | नेपालका पुर्वसचिव अर्जुन कार्कीकी श्रीमतीमाथि सोमबार बिहान हत्या प्रयास भएको थियो | उनलाई ललितपुरको सानेपा स्थित आफ्नै निवासको भान्सा कोठामा रगतले लत्पतिएको अचेत अवस्थामा फेला पारेपछि उपचारका लागि अस्पताल लागिएको थियो |
सोहि क्रममा गम्भीर घाइते मुना कार्कीको स्टार अस्पतालमा मृत्यु भएको छ | उनको घरमा काम गर्ने दाङका विजय चौधरी पनि मृत भेटिएको प्रहरीले जनाएको छ | कार्कीकी श्रीमतीको उनको टाउकामा चोट लागेको थियो | कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएर फर्किँदा श्रीमती अचेत अवस्थामा फेलापरेको बताएका छन् |
घटनाबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन् |