२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदूरपश्चिममा बैतडीसहित यी चार जिल्लामा ट्रमा कर्नर स्थापना हुने

२९ माघ २०७६, बुधबार ०६:२६

माघ २९, बैतडी | दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी बैतडीसहित सुदूरपश्चिमका चार जिल्लाका विभिन्न चार स्वास्थ्य संस्थामा ट्रमा कर्नर स्थापना हुने भएका छन्। नेपाल सरकारले सुदूरपश्चिमका बैतडी, बझाङ, डोटी र बाजुरामा ट्रमा कर्नर स्थापना गर्ने तयारी गरेको हो।

बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकी, बझाङको बित्थडचीर गाउँपालिकास्थित देउलेख प्राथमिक स्वास्थ्य केन्द्र, डोटीको जोरायलस्थित छतिवन स्वास्थ्यचौकी र बाजुराको बूढीगङ्गा नगरपालिकास्थित बह्मतोला स्वास्थ्यचौकीमा ट्रमा कर्नर स्थापना गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

सरकारले दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी राजमार्ग नजिक रहेका यी स्वास्थ्य केन्द्रलाई ट्रमा कर्नरको व्यवस्थाको रूपमा विकास गर्ने भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

दुर्घटनामा परेकाहरुलाई तत्काल स्वास्थ्य सेवा दिन र उनीहरुलाई सुरक्षितरूपमा अस्पतालमा पु¥याउने काममा सहयोग गर्न ट्रमा कर्नरले भूमिका निर्वाह गर्नेछ। उनले भने “ट्रमा कर्नरको स्थापनाले दुर्घटनाका कारण ज्यान जानेको सङ्ख्यामा कमी आउनेछ।”

सरकारले सुदूरपश्चिमका चारसहित देशका ५४ ठाउँमा ट्रमा कर्नर स्थापनाको तयारी भएको हो। प्रत्येक ठाउँमा ट्रमा कर्नर स्थापनाका लागि सम्बन्धित स्थानीय तहमा एक लाख ७० हजारका दरले बजेट विनियोजन गरिएको छ। राजमार्गमा पर्ने स्वास्थ्य संस्थामा स्थापना गरिएको ट्रमा कर्नरमा चोटपटक लागेका नेपालका बिरामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने तथा आकस्मिक उपचार सेवा प्राप्त गर्ने मन्त्रालयले जनाएको छ। -रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य