2026-09-10 12:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट सुन/चाँदी ल्याउँदै हुनुहुन्छ ? यस्तो छ है नियम !

फागुन ८, काठमाडौँ| विदेशबाट नेपाल फर्कंदा केहि मात्रामा सुन ल्याउन पाउने नीति धेरैलाई थाहा छ तर यसको बिषयमा स्पष्ट भने थाहा नहुन सक्छ । 

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहना तथा व्यापारिक प्रयोजनका लागि ल्याइने सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल बढाएको थियो । पछिल्लो नियम अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले ५० ग्रामसम्मका सुनका गहना लगाएर आउँदा कुनै शुल्क तिर्नुपर्दैन तर ५० ग्रामभन्दा बढी १०० ग्रामसम्मका सुनका गहनामा भने प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँका दरले भन्सार महसुल तिर्नुपर्ने हुन्छ ।

जस्तोकि: 

यदी तपाइँले ५० ग्रामसम्मको सुनको गहना ल्याउनु  भएको छ भने कुनै शुल्क तिर्नुपरेन तर ६० ग्राम ल्याउनुभएको छ भने ५० ग्रामसम्म निशुल्क भएपनि थप १० ग्रामको रु. ८५००/- शुल्क तिर्नुपर्ने हुन्छ । यही दरले ७० ग्रामको १७,०००/-, ८० ग्रामको २५,५००/-, ९० ग्रामको ३४,०००/- र १०० ग्रामको ४२,५००/- तिर्नुपर्ने हुन्छ । 

अब यो भन्दा बढी अर्को १०० ग्रामसम्मको परिमाणमा सुन ल्याउनु भएमा जति बढी ल्याउनु भएको छ, प्रति १० ग्रामको १०/१० हजार थप तिर्नुपर्ने हुन्छ । तर त्यो भन्दा बढी सुन ल्याएमा भने सरकारले जफत गर्नेछ ।

यदी विदेशबाट सुन ल्याउँदा व्यापारिक प्रायोजनको लागि सुन ल्याउने हो भने प्रति १० ग्राम सुनमा ६ हजार ५ सय तोकिएको छ । 

काँचो सुन ल्याउने नियम: 

विदेशबाट फर्केका यात्रुले काँचो सुन ल्याउँदा भने ५० ग्रामसम्मको लागि प्रति १० ग्रामलाई ७ हजार ५ सय महसुल तिर्नु पर्नेछ । त्यस्तै, ५० देखि बढी थप ५० ग्रामसम्मको लागि भने प्रति १० ग्रामको ८ हजार ५ सय रुपैयाँ भन्सार दर निर्धारण गरिएको छ ।

जस्तोकि: 

यदी तपाइँले ५० ग्रामसम्मको काँचो सुनको विष्कुट ल्याउनु  भएको छ भने प्रति १० ग्राम ७५००/- को दरले ५० ग्रामको ३७५००/- तिर्नुपर्ने हुन्छ । त्यस्तै ५० ग्राम भन्दा बढी १०० ग्रामसम्म काँचो सुन ल्याउनुहुन्छ भने हरेक १० ग्राममा ८५०० को दरले महशुल तिर्नुपर्ने हुन्छ । यसरी हिसाव गर्दा तपाइले कुल १०० ग्राम काँचो सुन ल्याउनु भएमा कुल रु. ८०,०००/- महशुल तिर्नुपर्ने हुन्छ । तर १०० ग्राम भन्दा बढी काँचो सुन ल्याउनु भएमा भने सरकारले जफत गर्नेछ । यस्तै १० ग्रामसम्म चाँदी ल्याउँदा प्रति १० ग्राम ७५ रुपैयाँ तिर्नु पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो