पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन १८, बैतडी | </b>बैतडीमा एक सहकारी संस्थामा अज्ञात समूहले तोडफोड गरेको छ | जिल्लाको सिगास गाउँपालिका– ९ मा रहेको लालिगुराँस महिला बचत तथा ऋण सहकारी संस्थामा अज्ञात समूहले शनिबार राति तोडफोड गरेको हो |<br></p><p>सहकारीको मुल ढोका तोडफोड गरी संस्था भित्रका कागजात चोर्नुका साथै कुर्सी, फर्निचर, लगायतका सामाग्री तोडफोड गरेको सहकारीकी व्यवस्थापक भागरथी अवस्थीले बताएकी छिन् | सहकारी संस्थामा करिब २ लाख बराबरको क्षति भएकोउनको भनाई छ |</p><p> यसअघि पनि सहकारी तोडफोड भएको अवस्थीले बताइन |</p>

