असार ३१, डडेल्धुरा | सुदूरपश्चिमका नौ वटै जिल्लामा ९० प्रतिशत रोपाई सम्पन्न भएको छ । सुदूरप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, डडेल्धुरा | सुदूरपश्चिमका नौ वटै जिल्लामा ९० प्रतिशत रोपाई सम्पन्न भएको छ । सुदूरप"/>
2026-09-16 08:40 AM
कृषि गतिबिधी

सुदूरपश्चिममा यसपटक चाँडै रोपाई हुने, ९० प्रतिशत रोपाई सम्पन्न

असार ३१, डडेल्धुरा | सुदूरपश्चिमका नौ वटै जिल्लामा ९० प्रतिशत रोपाई सम्पन्न भएको छ । सुदूरपश्चिममा १ लाख ७५ हजार ३ सय ९० हेक्टर कुल धान खेति योग्य जमिन मध्ये १ लाख ५७ हजार १ सय ९३ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ । 

कार्यालयका सहायक प्राविधिक सुशिल कुमार शर्माले सुदूरपश्चिममा ९० प्रतिशत जमिनमा रोपाई सम्पन्न भईसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सवैभन्दा बढी कञ्चनपुरमा ९० दशमलव ०१ प्रतिशत जमिनमा रोपाई भएको छ भने सवैभन्दा कम बाजुरामा ७५ दशमलव ९८ प्रतिशत रोपाई सम्पन्न भएको छ । त्यस्तै बैतडी, अछाम, बझाङ, दार्चुलामा समान ८५ प्रतिशत रोपाई सम्पन्न भएको जनाईएको छ । 


डोटीमा ८२, कैलालीमा ९० र डडेल्धुरामा ९० प्रतिशत रोपाई सम्पन्न भएको छ । यो वर्ष चाडै मनसुनी वर्षा सुरु भएपछि सिचाई सुविधा नपुगेका ठाँउको जमिनमा पनि रोपाई गर्न सहज भएको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु