२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नारी दिवसकै दिन कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार

२५ फाल्गुन २०७६, आईतवार ०७:२५

फागुन २५, चन्द्रौटा । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । क्रिकेट ब्याडका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ ।

वरईले क्रिकेट ब्याड भाँचेपछि ब्याडको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाब फालेका थिए । वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन् । प्रहरीले वरईको पसलबाट पाँच लिटर तेजाबसमेत बरामद गरेको छ । तेजाब प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन् । उनलाई ज्यान मार्ने उद्योगअन्र्तगत मुद्दा दर्ता गरिएको छ | रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु