२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

नदीको पानी पवित्र बनाउन भन्दै पूजापाठ

२ चैत्र २०७६, आईतवार ०३:३२

चैत २, दार्चुला | कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ गरेका हुन् ।

दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना (टोसा) अन्तर्गत यहाँ गठन गरिएका महिला समूहले एकसाथ पूजा गरेर सो दिवस मनाएका हुन् ।  व्याँस गाउँपालिका–५ को तिग्रम, महाकाली नगरपालिका–१ श्रीबगड, वडा नं ८ को दत्तु, उडै तथा चुच्चै, मालिकार्जुन गाउँपालिकाको वडा नं ७ जौलजीवी तथा लेकम गाउँपालिकाको वडा नं ३ राडमा गठन गरिएका महिला समूह सो कार्यमा सहभागी रहेका थिए ।   

पछिल्लो समय पवित्र नदी दूषित हुँदै गएको भन्दै नदीलाई स्वच्छ राख्नुपर्ने सन्देश दिन पूजापाठ गरिएको ६० वर्षीया लीला सामन्तले जानकारी दिनुभयो । “हामी पुर्खौदेखि यही महाकाली नदीलाई पवित्र तीर्थस्थल मानेर पूजापाठ गर्छौँ”, उहाँले भन्नुभयो, “तर अहिले आएर दिनहुँ  नदीमा फोहर फाल्ने, ढल मिसाउने, दिसा मिसाउने तथा बजार क्षेत्रको फोहर नदीमा विर्सजन गर्दा नदीको पवित्रता ह्रास हँुदै गएको छ ।” सगरमाथा महिला सशक्तीकरण समूहका अध्यक्ष पुष्पा धामी नदी तटिय क्षेत्रका नागरिकले खानेपानीको रुपमा  नदीको पानी पिउनुपर्ने बाध्यता रहेको हुँदानदी सफाइमा सबैले लाग्नुपर्ने बताउनुहुन्छ । इतिहासका जानकार मदन गिरीले भन्नुभयो “कैलाश मानसरोवर भएर बग्ने महाकाली नदीमा स्नान गर्ने हो भने अन्य गङ्गामा स्नान गर्नुको अर्थ छैन ।  नदीको पवित्रता र महत्व उतिबेलै स्कन्दपुराणमा उल्लेख गरिएको छ ।” 

जिल्लामा सो  परियोजना लागू भएपछि सो नदीको महत्व र सरसफाइका बारेमा पैरवी हुन थालेको हो । सङ्कल्पका कार्यक्रम संयोजक नारायण जोशी  कार्यक्रममार्फत  नदीको प्रभावकारिता र महत्वबारे महिला समूहलाई जानकारी गराइएपछि अहिले आएर नदीको पानीको पूजा गरिन लागेको बताउनुहुन्छ ।

 “नदीबाट के फाइदा लिन सकिन्छ, नदीको महत्व र उपयोगका बारेमा अहिले समूहमा छलफल गराउने गरेका छौँ”, सामाजिक परिचालक चन्द्रा सामन्तले भन्नुभयो, “नदीलाई प्रदूषित हुन नदिन अहिले ग्रामीण क्षेत्रका महिला सक्रिय भएका छन् ।”

नदी प्रभावित क्षेत्रमा विभिन्न किसिमका सशक्तीकरण गर्दै जलवायु परिवर्तनमा महिलाले कसरी जुध्ने र वातावरण सन्तुलन राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्न थालिएको परियोजना संयोजक जोशीले जानकारी दिनुभयो । कार्यकारी निर्देशक नारायण जोशीले  भौगोलिक दृष्टिकोणबाट सङ्कटासन्न बस्तीमा पनि  परियोजना प्रभावकारी हुने र यो क्षेत्र नै कार्यक्रमको प्राथमिकतामा परेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने