चैत ५, काठमाडौँ | राष्ट्रसंघीय बालकोष युनिसेफले आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा नभएको बताएको छ | संसारभरका हरेक ५ जनामध्ये ३ जनासँग मात्र हात धुने सुविधा हुने गरेको युनिसेफले जनाएको छ |
कोरोना भाइरस (कोभिड – १९) बाट बच्नकालागि साबुन पानिले हात धुन विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ | तर नेपालमा कुल जनसंख्याको आधाभन्दा धेरैको पहुँचमा साबुनपानीले हात धुने सुविधा नभएको युनिसेफको भनाइ छ |
युनिसेफले बालबालिकालाई पनि बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म मिचेर हात धुन सुझाव दिएको छ |
युनिसेफका अनुसार,बगिरहेको पानीमा हात भिजाउने,भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने,सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने |