2026-06-28 01:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लकडाउनमैं किसान गहु काट्दै

भाष्कर के.सी. | चैत २०, कञ्चनपुर | बिश्वब्यापी रुपम कोभिड–१९ कोरोना भाइरस महामारी फैलिएको बेलामा रोकथाम र न्यूनीकरण गर्नको लागि देशभर लक डाउन गरिएको छ तर कञ्चनपुरका किसान भने खेतमा गहूँ काटन व्यस्त छन् । वर्ष भरी खाने अन्नवाली स्याहार्नु पर्ने बेलामा कोरोनाको कारण किसान घर भित्र बस्न बाध्य भए पनि खेतमा लगाएको गहूँ काटनु पर्ने उचित समय भएको र अहिले न स्याहारे वर्ष भरी खान नपुग्ने र देशभरी भोकमारी फैलने डरले किसान चिन्तीत छन् ।

नेपाल सरकारले चैत्र ११ गते देखि लगाएको लक डाउन चैत्र १८ गते पुन एक हप्ताको लागि  लगाउने निर्णय गर्दै चैत्र २५ गते सम्म लक डाउन लगाएको छ । कोभिड–१९ कोरोना भाइरस महामारीलाई विश्वव्यापी मध्य नजर गर्दै अझ लम्ब्याउन सक्ने किसानहरुको अनुमान छ ।

यसरी खेतमा काम गर्दा करोना सर्ने डर त किसानलाई एकातिर छ भने अर्कोतिर बेलैमा गहुँ भित्रयाउन नसके वर्ष भरी खाने अन्न पनि नपुग्ने र भोकभोकै मर्नु पर्ने किसानहरु बताउछन् । खेतमा गुहँ काटदै गरेका किसानलाई, त्यसलाई माडनू पर्ने चिन्ता पनि एकातिर छ पहिले जस्तो हलगोरु नहुने र टे«क्टर बाट माडनु पर्ने भएकोले टे«क्टर नपाइने हो कि भन्ने चिन्ता किसानहरुलाई रहेको छ भने यसरी ७, ८ जनाको समुह भएर काटनु पर्ने भएकोले कतै सुरक्षा कर्मीले महामारीलाई मध्य नजर गर्दै रोक लगाउछ कि भन्ने डर पनि रहेको किसानहरु बताउछन् ।

आफुहरुले सरकारलाई लक डाउनको पुर्ण सहयोग गरेको र अन्नबाली स्याहार्नु पर्ने भएकोले बाध्य भएर आफुहरु खेतमा आएको र सरकारको तर्फ बाट किसानहरु सँग रहेको गहु काटने ट्रेक्टर र थ्रेसिङ्ग गर्ने ट्रेकटरलाई सञ्चालनमा आउन दिई उनीहरुलाई सजिलै डिजलको व्यवस्था गरेमा यस्तो महाकारीको बेला खेतमा गएर काट्ने समुह पनि नहुने साथै छिटो अन्नवाली संकलन गर्न सकिने किसानहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी