३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

असिनाले लाखौको नोक्सानी

७ बैशाख २०७७, आईतवार १५:३५


पर्वत । आइतबार साँझ आएको ठूलो असिना पानीले पर्वतमा लाखौँको तरकारी तथा फलफूल खेतिमा क्षति र्पुयाएको छ। साँझ ५ बजेपछि हावाहुरीसहित आएको पानीले फलेवास क्षेत्रमा ठूलो क्षति र्पुयाएको हो। असिना पानीका कारण आँप, लिचि, सुन्तला, कागती, वन्दा, काउलीलगायतका तरकारी बालिमा क्षती र्पुयाएको हो।

यसैगरी भित्राउने बेला भएको गहुँ बाली र मकैमा समेत नराम्रो क्षती र्पुयाएको छ। फलेवास नगरपालिकाको वडा नम्बर ७ लिमिठानामा धरै मात्रमा क्षती र्पुयाएको वडाध्यक्ष हरिराम रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार वडामा लगाइएका आँप सुन्तला, केरा, लिचि कागती, र अन्य भित्राउने बेलाको गहुँ बालिमा ठूलो क्षती भएको भएको छ।

लगातार आएको असिना पानी पहिले खोलो जस्तै भएर बगेको र पछि ५ इञ्चसम्म असिना जमेको आँटि घरका भुवानी प्रसाद पौडेलले जानकारी दिए। फलेवासका अन्य ठाउँहरु कुर्घा, पाङराङ, ठानामौला, देविस्थान, खानिगाउँ, शंकर पोखरीमा पनि ठूलो मात्रामा असिना पानी आएको स्थानीयले जानकारी दिए।


लगातार आधा घण्टा जति परेको असिना र पानीले गर्दा किसानहरुलाई निकै समस्यामा पारेको छ। असिना पानीले तरकारी फलफूल तथा खाद्यान्न बालीमा ठूलो क्षती भएको खबर आए पनि क्षतीको सम्पुर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्र पर्वत ,बाग्लुङका प्रमूख वासुदेव रेग्मीले बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट