२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको श्रम मन्त्रालयद्वारा रोजगारदाताहरुले कामदारको सुरक्षाको लागि अपनाउनुपर्ने उपायहरुको सूचना

१० बैशाख २०७७, बुधबार ०७:१०

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका निम्ति अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा जारी गरेको निर्देशन सम्बन्धी सूचना ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका निम्ति अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा जारी गरेको निर्देशनका मुख्य बुँदाहरुः

१. जानकारी तथा सचेतना

• रोजगारदाता कम्पनीले कोरोना भाइरससम्बन्धी आफ्ना कामदारहरुलाई सूचना बाँड्ने र सचेतना जगाउने र व्यवसाय र सरकारले चालेका कदमहरुबारे जानकारी दिने।

• व्यक्तिगत सरसफाइ जस्तो कि हात धुने, खोकी र हाँच्छ्यु गर्दा मुख छोप्ने, हातले मुख नछुने तथा शरीरको तापक्रम र श्वासप्रश्वास निग्रानी गर्ने जस्ता बानीहरुको महत्वबारे कामदारहरुलाई जानकारी गराउने।

• कामदारहरुले बोल्ने भाषामा जानकारी दिने र प्रश्न र धारणा राख्न प्रोत्साहन गर्ने।

२. सरसफाइ

• धेरै प्रयोगमा आउने स्थानहरु जस्तो कि भान्सा, शौचालय, क्यान्टिन, रेलिङ्गजस्ता स्थानहरुको सरसफाइ बढाउने।

• ढोकाको ह्यान्डिल, किबोर्ड, रिमोट कन्ट्रोल, टेबल जस्ता प्रयोग भइरहने सतहहरु प्रयोग गर्दा प्रत्येक पटक पुछेर प्रयोग गर्नका लागि कामदारहरुलाई वाइपहरु उपलब्ध गराउने।

३. भीडभाड घटाउने

• अर्को सूचना नआएसम्म कार्यघन्टा ६ घन्टामा सीमित गर्ने।

• कार्यस्थलमा कामदारहरुको प्रवेश र बहिर्गमन फरक फरक समयमा मिलाउने ।

• साझा स्थलहरु जस्तै क्यान्टिन र लुगा फेर्ने कोठाहरुमा भीडभाड हुन नदिइ एक पटकमा निश्चित संख्यामा कामदारुले प्रयोग गर्ने व्यवस्था मिलाउने ।

• कार्यस्थल र बस्ने ठाउँमा भीडमाड घटाउन प्रत्यक कामदारलाई ६ वर्ग किमि को ठाउँ उपलब्ध गराउने ।

• अत्यावश्यक बाहेकका सबै प्रत्यक्ष बैठकहरु नगर्ने र आन्तरिक गतिविधि तथा आवतजावत पनि कम गर्ने ।

• सबै तालिम कार्यक्रम बन्द गर्ने।

४. कार्यस्थल सुरक्षा

• कोरोना सङ्क्रमण रोक्न र कामदारहरुलाई जोगाउन जोखिम मूल्याङ्कन गर्ने ।

• कोभिड १९ का केसहरु र उनीहरुसँगका सम्पर्क पहिचान गरी व्यवस्थापन गर्न जनस्वास्थ्य अधिकारीहरुसँगको सहकार्यमा योजना बनाउने।

• मानसिक स्वास्थ्यमा विचार पुर्याउने (जस्तोकी काम, तलब, सुरक्षा, कोरोनाको सङ्क्रमण र परिवारको अवस्थाको चिन्ता)

• निको भएर आएका कामदारहरुलाई मानसिक र सामाजिक सहयोग उपलब्ध गराउने ।

• काममा जानु अघि र कामबाट फर्किसकेपछि कामदारहरुको ज्वरो नाप्ने।

• ज्वरो आएका कामदारहरुलाई अलग्ग राखी १६००० मा सम्पर्क गर्ने ।

• कम्पनीभित्र उपलब्ध क्लिनिकहरुमा कामदारहरुको स्वास्थ्य अवस्थाबारे बुझ्ने। मधुमेह, मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरु सङ्क्रमणको जोखिममा भएकाले उनीहरुलाई विशेष ध्यान दिने।

• बसको क्षमताको ५०% सिटहरुभन्दा धेरै कामदारहरु नराख्ने।

• कार्यस्थलमा मास्क र स्यानिटाइजरको सुनिश्चितता गर्ने।

• कार्यस्थलमा कुनै प्रकारको भेला हुन नदिने र काम गर्दा कामदारहरुबीच दूरी कायम गर्ने ।

• कार्यस्थलमा अरु सम्बन्धित सुरक्षा र स्वास्थ्य जोखिमबारे ध्यान दिने।

सबै रोजगारदाता कम्पनीले माथि उल्लेख भएबमोजिमका निर्देशनहरु पालना गरेको वा नगरेको बारे श्रम निरीक्षण विभागले कडा निगरानी गर्ने र निर्देशन पालना नभएको खण्डमा Law No 9 of 2020 र Decree Law No 17 of 1990 अनुसार दण्ड जरीवाना हुने मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य