२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असिनाले बैतडीमा व्यापक क्षति, भोकमरीको चिन्ता

१० बैशाख २०७७, बुधबार ०७:२१

वैशाख १०, बैतडी | बैतडीका विभिन्न स्थानमा परेको असिनाले गहुँबाली र तरकारीबालीमा व्यापक क्षति पुर्याएको छ । मङ्गलबार अपराह्न दिउँसो जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा परेको असिनाले गहुँबालीमा व्यापक क्षति पुर्याएको स्थानीय विनोदकुमार कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “भित्र्याउनै लागेको गहुँबालीमा असिनाले व्यापक क्षति पुर्याएको छ ।”

नगरपालिकाका सबै वडामा असिनाले गहुँबालीमा क्षति पुर्याएको बताइएको छ । असिनाले गहुँबाली र तरकारी बालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् । यसअघि केही दिन पहिला परेको असिनाले पुर्चौंडीको वडा नं ३ ढुङ्गाबिसौनामा व्यापक क्षति पुर्याएको थियो । भित्र्याउनै लागेको गहुँबालीमा क्षति पुर्याएपछि किसानहरु भोकमरी हुने चिन्तामा छन् ।

लकडाउनले हातमुख जोर्न समस्या

बारीमा लगाएको गहुँबालीमा क्षति पुगेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता भएको पुर्चौंडीका स्थानीय अर्जुन लुहारले बताउनुभयो । उहाँले भन्नुुभयो, “असिनाले गहुँबाली, फलफूल र तरकारीमा क्षति पुर्याएको छ ।” अहिलेसम्मकै बढी असिना परेको बताउँदै स्थानीयवासी राजेन्द्र भट्टले असिनाले सबै खेतबारी सेताम्य भएको बताउनुभयो । यसअघि गतहप्ता पनि सो क्षेत्रमा असिनाले क्षति पुर्याएको थियो । 

जिल्लाको सुर्नया गाउँपालिका–८ को ढोलेको दलित बस्तीका नागरिकहरुले हातमुख जोर्न समस्या भएको बताएका छन् । लकडाउनका कारण भारतमा काम गर्न गएकाहरु फर्कन नपाउँदा आफूहरुलाई किनेर खानसमेत समस्या भएको स्थानीयवासी गीता लुहारले बताउनुभयो । “गाउँका करीब २५ जना भारतको नैनितालबाट लकडाउनका कारण घर आउन नपाउँदा घरपरिवारलाई समस्या भएको छ”, उहाँले भन्नुुभयो, “श्रीमान्ले भारतबाट कमाएर ल्याएको पैसाले घरधन्दा चलाउने गरेको भए पनि लकडाउनका कारण श्रीमान् भारतको नैनितालमै रोकिएपछि निकै समस्या भएको छ ।”

गाउँपालिकाले पालिकाभरि रहेका विपन्न दलित परिवारलाई राहत दिने निर्णय गरिसकेकाले तथ्याङ्क सङ्कलनको काम भइरहेको र तथ्याङ्क सङ्कलनपछि राहत वितरण गरिने गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले बताउनुभयो । वडामा रहेका दलित समुदायको तथ्याङ्क सङ्कलन गरेर गाउँपालिकाको निर्णयानुसार राहत वितरण गरिने वडा नं ८ का वडाध्यक्ष आनन्द बोहराको भनाइ छ ।

दनपामा ४ हजार ३०० परिवारलाई राहत वितरण

बैतडीको दशरथचन्द नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका नागरिकलाई पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेको जनाएको छ । वडा नं १ बाहेक अन्य वडामा राहत वितरण गरिएको हो ।  वडा नं १ मा राहत वितरण कार्य जारी रहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । लकडाउनका कारण छाक टार्न मुस्किल भएका नागरिकहरुलाई खाद्यान्न वितरण गरिएको हो । 

थप १००० शय्याको क्वारेन्टाइन निर्माण हुँदै

बैतडीमा एक हजार शय्याको क्वारेन्टाइन बनाउने कार्य शुरु भएको छ । नेपाल सरकारले जारी गरेको क्वारेन्टाइन कार्यविधि, २०७६ अनुसार न्यूनतम मापदण्ड पूरा भएका क्वारेन्टाइनमा निर्माण कार्य १० ओटै पालिकामा शुरु भएको हो ।  

केही दिनअघि जिल्लामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला संयन्त्रको बैठकमा भएको निर्णयानुसार एक पालिकामा कम्तीमा १०० शय्याको क्वारेन्टाइन निर्माण कार्य शुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो । उहाँले भन्नुुभयो, “एक ठाउँमा कम्तीमा ५० जना अट्ने गरेर क्वारेन्टाइन निर्माण भइरहेका छन् ।”

अलगअलग शय्याको व्यवस्था, खानेपानी शौचालयको सुविधा, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्न सकिने हिसाबले क्वारेन्टाइन निर्माण भइरहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । दशरथचन्द नगरपालिकाले जगन्नाथ बहुमुखी क्याम्पस र दशरथचन्द मावि सुन्दरखालीमा सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गरिरहेको छ भने पुर्चौंडी नगरपालिकाले पनि हाटमा ३५० शय्याको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गर्ने कार्य अघि बढाएको छ । 

यस्तै सुर्नया गाउँपालिकाले राष्ट्रिय मावि ग्वानीमा पालिकास्तरीय क्वारेन्टाइन निर्माणको तयारी गरेको छ । भारतीय सीमा झुलाघाट र धार्चुलामा बैतडीका मात्रै ९०० जना छन् । उनीहरुलाई स्वदेश फर्काउँदा क्वारेन्टाइनमा राख्न सहज होस् भनेर सुविधा सम्पन्न क्वारेन्टाइन निर्माणको काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि जिल्लामा ५०० शय्याका क्वारेन्टाइन निर्माण भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य