2026-09-12 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठान जिल्लाका ग्रामीण क्षेत्रका दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य वृद्धि

वैशाख २०, प्युठान | बन्दाबन्दीमा प्युठान जिल्लाका ग्रामीण क्षेत्रका दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य वृद्धि भएको छ ।  ग्रामीण क्षेत्रका स्थानीय व्यापारीले विभिन्न कारण देखाई दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेपछि उपभोक्ता मूल्य वृद्धिको चर्को मारमा परेका छन् ।

बन्दाबन्दी हुनु पहिले थोकमा रु एक हजार ९५० मा पाइने पचास किलोग्रामको परमल चामल अहिले रु दुई हजार १९० मूल्य कायम गरिएको छ । त्यही चामल गाउँमा रु दुई हजार तीन सयमा खुद्रा बिक्री हुँदै आएकामा हाल बढेर रु  दुई हजार पाँच सयमा किनेर खानुपरेको गौमुखी गाउँपालिका १ अर्खाका मित्र थापाले बताउनुभयो । “श्रमजीवीहरुको आयको बाटो टुटेको अवस्थामा खाद्यवस्तुमा मूल्य वृद्धि हुनुले समस्याग्रस्त बनाएको छ”, थापाले भन्नुभयो, “व्यापारीहरुले माथिबाटै मूल्यवृद्धि भइआएको कारण देखाउँदै बढी मूल्य लिने गरेका छन् ।”

गाउँमा रु २५ मा बिक्री भइरहेको नुन प्रतिकिलो रु ३०, चिनी रु ८५ बाट रु ९५, मसुरोको दाल रु. १३० बाट रु. १६० र  शिवशक्ति तेल रु १५४ प्रतिलिटरबाट रु १८० मूल्य व्यापारीले कायम गरेकाले उपभोक्ता मारमा परेका छन् । 

 प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपति अधिकांश खाद्य वस्तु मुलुक बाहिरबाट आउने भएकाले  डलरको भाउ वृद्धिसँगै मूल्य बढेको बताउनुहुन्छ । “अन्तरराष्ट्रिय बजारमा डलरको भाउ वृद्धि भएपछि बाहिरी मुलकबाट आउने वस्तुको मूल्य वृद्धि भएको छ”, कक्षपतिले भन्नुभयो, “नेपालमा उत्पादित खाद्य उपजको कच्चा पदार्थको वृद्धि तथा बाह्य मुलुकबाटै सामान ल्याउनुपर्ने भएकाले मूल्य वृद्धि भएको हो ।” जिल्लामा कालोबजारी शून्य भएको बताउँदै उहाँले यसमा आफूहरुले समेत सबै पालिकामा समन्वय गरेको जिकिर गर्नुभयो ।  

सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले लकडाउन व्यवस्थापनमै समय बढी ध्यान गएकाले हाल बजार अनुगमन नगरिएको बताउनुभयो । बजार मूल्यबारे प्युठान उद्योग वाणिज्य संघसंँग निरन्तर समन्वय भइरहेको पन्थीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन