२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोग प्रतिरोधात्मक औषधि वितरण शुरु

२०७७, २२ बैशाख सोमबार ०३:४५

वैशाख २२, प्युठान | प्युठानका क्वारेन्टाइनमा बसेकालाई रोग प्रतिरोधात्मक औषधि वितरण शुरु गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न स्थानीय तहका सबै क्वारेन्टाइनमा औषधि वितरण शुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले जनाएको छ । 

सोअनुसार मल्लरानी गाउँपालिका–४ का दुई क्वारेन्टाइनमा बस्दै आएका २४ व्यक्तिलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिएको छ । त्यहाँका होम क्वारेन्टाइनमा रहेका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक औषधि वितरण गरिने र आवश्यक परेमा तनाव व्यवस्थापनसम्बन्धी मनोविमर्श सेवा प्रदान गरिने निमित्त कार्यालय प्रमुख शिशिर पोख्रेलले बताउनुभयो ।

प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि गुडुची, पाखनवेद, अमलालगायत मिश्रणबाट बनाइएको धुलो चिया जस्तै पकाएर खान सकिने उहाँको भनाइ  छ ।  प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको निर्देशननुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोभिड –१९ रोकथाम तथा व्यवस्थापनसम्बन्धी स्रोत सामग्री २०७७ कार्यान्वयनबमोजिम कार्यक्रम सञ्चालन गरिएको निरीक्षक टुकबहादुर रोकाले जानकारी दिनुभयो ।

 होटल व्यवसायी मारमा

लकडाउन  लम्बिएसंँगै जिल्लाका पर्यटन, रेष्टुरेण्ट, खाजा,  होटल व्यवसायी तथा उद्योगी बढी मारमा परेका छन् ।  जिल्लाका नौ वटै स्थानीय तहमा होटल व्यवसायी संघमा आबद्ध करीब ६५० होटल व्यवसायी रहेको संघका अध्यक्ष गञ्जबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार गत चैत १० गतेदेखि नै जिल्लाका होटल व्यवसायीले व्यवसाय बन्द गरिबसेका छन् । 

कोरोना भाइरसको त्रासले जिल्लामा भित्रिने व्यक्ति तथा विभिन्न सभासम्मेलन र  पर्यटकको आवागमन ठप्प हुँदा होटल व्यवसाय ओरालो लागेको जिल्लाका होटल व्यवसायी बताउँछन् । 

होटल सञ्चालनका लागि जिल्लामा धेरै व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरेकाले बैंकको ब्याज मिनाहा भएमा केही थप सहज हुने थापाले बताउनुभयो ।  

जिल्लाका करीब दुई सय  होटल भाडाकै घरमा सञ्चालित छन् । प्युठान नगरपालिका वडा नं ४ जुम्रीमा रहेको जिल्लाकै ठूलो होटल आयुष्माका लेखापाल केशर खड्काले  कोरोनाका कारण चैत १० गतेदेखि होटल बन्द गरिएको बताउनुभयो । उहाँका होटल बन्दसँंगै त्यहाँका दैनिक १४  कर्मचारीको काम रोकिएको छ ।

होटल आयुष्माले मासिक रु एक लाख १० हजार घरभाडा तिर्दै आएकामा अहिले व्यवसाय बन्द हुँदा घर भाडा कसरी तिर्ने भन्नेमा चिन्ता बढेको  लेखापाल खड्काले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ