साउन ४, पर्वत । डेढ लाख रुपैयाँको लगानीमा ६ वर्ष अघि माछापालन व्यवसाय सुरु गरेका एक किसानले यथेष्ट आम्दानी गर्न सफल भएका छन् । गल्कोट दुदिलाभाटी ५ का बम बहादुर गुरुङले आफनै ४ रोपनी जग्गामा सुरु गरेको माछापालनबाट वर्ष्नि डेढ लाख रुपैयाँ कमाइ गर्दै आएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, पर्वत । डेढ लाख रुपैयाँको लगानीमा ६ वर्ष अघि माछापालन व्यवसाय सुरु गरेका एक किसानले यथेष्ट आम्दानी गर्न सफल भएका छन् । गल्कोट दुदिलाभाटी ५ का बम बहादुर गुरुङले आफनै ४ रोपनी जग्गामा सुरु गरेको माछापालनबाट वर्ष्नि डेढ लाख रुपैयाँ कमाइ गर्दै आएका छन"/>
2026-11-01 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

माछापालनबाट मनग्य आम्दानी

साउन ४, पर्वत । डेढ लाख रुपैयाँको लगानीमा ६ वर्ष अघि माछापालन व्यवसाय सुरु गरेका एक किसानले यथेष्ट आम्दानी गर्न सफल भएका छन् । गल्कोट दुदिलाभाटी ५ का बम बहादुर गुरुङले आफनै ४ रोपनी जग्गामा सुरु गरेको माछापालनबाट वर्ष्नि डेढ लाख रुपैयाँ कमाइ गर्दै आएका छन् ।

गुरुङले घर अगाडिको मकै लगाउने जग्गामा पोखरी निर्माण गरि व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । पहिलो वर्षमा माछाको उत्पादन सोँचेजस्तो नभए पनि त्यसपछिका बर्षहरुबाट भने उत्पादन सोचेभन्दा राम्रो भएको उनको भनाई छ । बजारमा प्रतिकिलो पाँच सय रुपैयाँमा माछा बिक्री हुने गरेको गुरुङको भनाइ छ ।

नयाँ शक्ति अभियानका केन्द्रिय पार्षद समेत रहेका गुरुङ उत्पादनसँग जोडिन माछापालनतिर लाग्नुभएको हो । पोखरी नजिक भएर निरन्तर रुपमा बग्ने खोला भएका कारण पानीको कुनै समस्या नभएको नयाँ शक्ति अभियानका केन्द्रिय पार्षद समेत रहेका गुरुङले बताए । उनले उत्पादन गरेका माछा स्थानिय बजार दुदिलाभाटी, नरेठाटी, हटिया सँगै बागलुङ बजार सम्म पु¥याउने गरेका छन् ।

पोखरीमा ग्रासकार्प र कमनकार्प जातमा माछा रहेका छन । अधिल्ला बर्षसम्म कार्तिक महिनादेखि माछा बिक्रि बितरण गर्दै आए पनि यस बर्ष भने साउन देखिनै बिक्रि गर्ने बताईएको छ । उत्पादित माछा बजारीकरणको कुनै समस्या नरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द