नरी बडु/साउन ४, बैतडी । डा. मुकेशकुमार चालिसेको संयोजकत्वमा भएको सेँस (डल्फिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/साउन ४, बैतडी । डा. मुकेशकुमार चालिसेको संयोजकत्वमा भएको सेँस (डल्फिन"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डल्फिन गणना कार्य सम्पन्न

२०७३, ४ श्रावण मंगलवार १२:४५


नरी बडु/साउन ४, बैतडी । डा. मुकेशकुमार चालिसेको संयोजकत्वमा भएको सेँस (डल्फिन) गणना २०७३ सम्पन्न भएको छ । 

नेपाल जैविक विविधता अनुसन्धान समाजको अगुवाई तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा सोँस (डल्फिन) गणना कार्य गरीएको थियो  । स्थानिय सोँस संरक्षण केन्द्रको १५ स्थानमा सहभागी कार्यकर्ताहरूले यस गणनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उक्त गणना कार्यको नेतृत्व प्राणीविद डा. मुकेशकुमार चालिसेले गर्नु भई प्राणीशास्त्रीहरू धिरेन्द्र ब. चन्द, अनुज घिमिरे, सुनिल खतिवडा तथा सिविस भण्डारी लगायतको टोलीले कैलालीका महोना, कान्द्रा, काडा, राप्ति लगायतका १५ वटा गणना केन्द्रहरूमा गई अनुगमन तथा गणना कार्यको रेखदेख गर्नुभएको थियो ।

एकै पटक एकै समयमा गणना कार्य भई आँकडा उपलब्ध हुनगएबाट पानी भित्र बसोबास गर्ने स्तनधारी सोँसको आँकडा नदोहरीने कुरा बिश्वस्त हुन सकिने प्राणीशास्त्री चन्दको दावी छ । नेपालमा संस्थागतरुपमा यस संरक्षित प्राणीको यसरी गणना भएको पहिलो पटक भएको जानकारी सोँस संरक्षण केन्द्रका सचिव श्री बिजयराज श्रेष्ठले बताउनु भएको छ ।

करिब एक महिनाको अध्ययन, चार दिनको ढुङ्गाना टोलको स्थलगत छलफल तथा एक दिनको गणनाबाट चार दर्जन सोँस आंकलन गरिएको जनाएको छ । सोँस नेपालका ठूला जलरासी भएका नदीहरू– कोशी, गण्डकी, कर्णाली तथा महाकालीमा पहिले धेरै पाईनेभए पनि हिजोआज कर्णाली छेउछाउ बिशेषगरी मोहना नदी तथा यसका अरु सहायक नदीहरू रहेको कैलाली जिल्लामा मात्र पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन