प्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम। द्धन्द्धकालिन समयमा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा मानव अधिकार उलंघनका घटनाका दोषीबारे सत्य तथ्य पत्ता लगाउन माग गर्दै तेह्रथुममा १ सय ९५ वटा उजुरी परेका छन् ।

द्धन्द्धकालिन मुद्धाहरुको समाधानका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम। द्धन्द्धकालिन समयमा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा मानव अधिकार उलंघनका घटनाका दोषीबारे सत्य तथ्य पत्ता लगाउन माग गर्दै तेह्रथुममा १ सय ९५ वटा उजुरी परेका छन् ।

द्धन्द्धकालिन मुद्धाहरुको समाधानका"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमबाट १ सय ९५ द्धन्द्धकालिन उजुरी दर्ता

५ श्रावण २०७३, बुधबार ०२:३४

प्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम। द्धन्द्धकालिन समयमा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा मानव अधिकार उलंघनका घटनाका दोषीबारे सत्य तथ्य पत्ता लगाउन माग गर्दै तेह्रथुममा १ सय ९५ वटा उजुरी परेका छन् ।

द्धन्द्धकालिन मुद्धाहरुको समाधानकालागि गठित बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले जिल्लास्थित स्थानीय शान्ति समितिको कार्यालयमार्फत उजुरी माग गरेपछि पुर्वान्चलमै धेरै १ सय ९५ उजुरी परेको स्थानीय शान्ति समिति तेह्रथुमले जनाएको छ । 

त्यसमध्ये बेपत्ता व्यक्तिहरुको छानविन तर्फ १६ वटा र सन्य निरुपण तथा मेलमिलाप आयोगतर्फ १ सय ७९ वटा उजुरी दर्ता भएका हुन् । आयोगले उजुरीकालागि साउन २ गते अर्थात्  आइतबारसम्मको म्याद दिएको थियो । आफुले कार्यालयमा प्राप्त उजुरीहरु शिलबन्दी गरी आयोगको निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारीलाई बुझाईसकेको शान्ति समिति सचिव तुलसीराम रिमालले जानकारी दिनुभयो ।

शशस्त्र द्धन्द्धको समयमा तत्कालिन राज्य र विद्रोही पक्षद्धारा बेपत्ता पारीएका, विस्थापित भएका, अङ्गभङ्ंग र घाइते भएका, मृत्यु भएका, यौनजन्य हिंसा, सम्पत्ति क्षति तथा गम्भीर मानव अधिकार उल्लघंन भएका घटनाका बारेमा अध्ययन गरी छानविन तथा सत्य तथ्य पत्ता लगाउन गठित आयोगले त्यसम्बन्धी उजुरी दिन आव्हान गरेका थिए । तर उजुरी गर्ने द्धन्द्धपिडितहरुले भने आफुहरुका मनमा उजुरीमाथि छानविन र कारबाही हुने आशा कमैमात्र रहेको बताएका छन् । 

तर जिल्लामा ०५२ देखि ०६२ सालसम्म चलेको दश वर्षे जनयुद्धका क्रममा जिल्लाबासीले निकै सास्ती बेहोरेका थिए । त्यसकारण पनि द्धन्द्धका क्रममा बेपत्ता पारिएका र अन्य द्धन्द्ध पिडितहरुको न्याय र सुविधाकालागि शान्ति तथा पुनः निर्माण मन्त्रालय अन्तर्गत स्थापना भएको स्थानीय शान्ति समितिमा नआएका पिडितहरुसमेत आयोगसमक्ष आएका छन् । स्थानीय शान्ति समितिले १२ जना मात्रै बेपत्ता भएको तथ्यांक संकलन गरेको भएपनि अहिले आयोगसमक्ष १६ जनाले उजुरी दिएका छन् । 

जिल्लामा आयोगले सूचना जारी गरेपछि स्थानीय शान्ति समितिमार्फत प्रचार प्रसार र छलफल तथा अभिमुखीकरण गरिएकाले उजुरीहरु धेरै परेको संयोजक देवनारायण सम्बाहाम्फेले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ