2026-09-12 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बर्दियामा फट्याङ्ग्राको प्रकोपले मकै बालीमा क्षति

जेठ ५, बर्दिया | बारबर्दिया– ५ जब्दहुवाका रमेशकुमार थारुले १० कठ्ठामा मकै खेती गर्नुभएको छ । उहाँले १० कट्ठा जग्गाबाट १८ देखि २० क्विण्टलसम्म मकै फल्ने आशा गर्नुभएको थियो । मकैको घोगामा दाना लाग्ने समयमा फट्याङ्ग्राले मकैको सबै पात खाइदिएपछि उहाँ निराश हुनुभएको छ ।

बर्दियामा किसानले लगाएको वसन्ते मकै बालीमा फट्याङ्ग्राको प्रकोपले क्षति पुर्याएको छ ।   अधिकांश ठाउँका मकै बालीमा फट्याङ्ग्राले पात खाएर क्षति पुर्याएको हो । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार बर्दियामा तीन हजार नौ सय हेक्टरमा वसन्ते मकै खेती गरिएको छ । लकडाउनका कारण औषधि नपाउँदा फट्याङ्ग्राको प्रकोप नियन्त्रण गर्न समस्या परेको छ । लकडाउनको कारण देखाउँदै कृषि प्राविधिक कार्यालय नै जाँदैनन् । लकडाउनकै कारण किसानको बारीसम्म पनि जान सक्ने अवस्थामा नरहेको बारबर्दिया, कृषि शाखाका नायब प्राविधिक सहायक राजेश वलीले बताउनुभयो । किसानहरुको समूह बनाएर फेसबुक पेजमा जोडेर कृषि समस्याबारे जानकारी दिने गरिएको उहाँले बताउनुभयो ।

मधुवन नगरपालिका वडा नं २ क्षेत्रमा मकैमा फटेङ्ग्राले बढी नै क्षति पुर्याएकाले  किसानलाई विषादी छर्न सुझाव दिए पनि एग्रोभेट नखुलेका कारण समस्या भएको कृषि शाखाका प्राविधिक सहायक वलीले बताउनुभयो । फटेङ्ग्राले मकैको सबै पात खाइदिएपछि उत्पादनमा ६० देखि ७० प्रतिशतसम्म घट्ने निश्चित रहेको मधुवन नगरपालिका, कृषि शाखाका प्राविधिक सहायक एकराज वलीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बर्दियामा मकै बालीमा फटेङ्ग्राको प्रकोप बढेको कुरा किसानले फोन गरेपछि थाहा भएको र फोनमार्फत नै मकैमा आएको समस्या समाधानबारे जानकारी गराइएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन