2026-11-02 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बिक्री भएन लिची

जेठ १६, सर्लाही | जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका कारण हालसम्म ठेक्का लाग्न सकेको छैन ।  केन्द्रले प्रथमपटक रु १४ लाख १० हजार ३०२ मूल्य राखेर बढीबढाउ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा  आवेदन नपरेपछि केन्द्रले फेरि दोस्रोपटक सूचना जारी गरेको छ ।

सूचनामा केन्द्रले ठेक्का मूल्य करिब आधाले घटाएको छ । यसपटक ठेक्का मूल्य रु सात लाख ९२ हजार ८१८ मात्र कायम गरेको केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले जानकारी दिनुभयो । गत वर्ष  करिब रु २२ लाखमा ठेक्का लागेको थियो । सवारी साधनको आवतजावतमा रोक तथा बजार बन्द रहेका कारण आवेदन पर्ने सम्भावना न्यून रहेको केन्द्रले जनाएको छ ।

बजार तथा यातायातका साधन नखुल्ने भएपछि लिची बिक्री–वितरण गर्न नसकिने भएकाले पनि ठेक्का आवेदन नपरेको हुनसक्ने केन्द्रका प्रमुख उहाँले बताउनुभयो । “ठेक्का लिएर पनि लकडाउनले गर्दा व्यापारीलाई बिक्री गर्न समस्या छ, समयमै बिक्री गर्न सकिएन भने ठेक्का डुब्ने डरले पनि कसैले ठेक्का नहालेको हुनसक्छन्”, उहाँले भन्नुभयो । 

बगैँचामा लिची पाक्न शुरु भएको दुई हप्ताभित्रमा ठेक्का र बिक्री सम्पन्न गर्नुपर्ने बाध्यता रहेको  छ । “पाकेको लिची बोटमा धेरै दिन राख्न सकिँदैन । समयमै टिप्न भ्याइएन भने कुहिएर झर्छ, ठेक्का आह्वान गरेको पनि दोस्रोपटक भइसक्यो, कुनै ठेकेदारले ठेक्का हालेका छैनन्”, उहाँले भन्नुभयो । पन्ध्र बिघा क्षेत्रफल बगैँचामा १६ देखि २० लाख दाना लिची फलेको केन्द्रको अनुमान छ ।

त्यसैगरी केन्द्रले बगैँचामा रहेको आँपको ठेक्काका लागि १५ दिने बोलपत्र आह्वान गरेको छ । आँपमा पनि केन्द्रले गत वर्षभन्दा आधाले मूल्य घटाएर ठेक्का आह्वान गरेको हो । आँपको उत्पादन वृद्धि भए पनि लकडाउनका कारण बिक्री नहुने देखिएकाले केन्द्रले गत वर्षको भन्दा आधाले मूल्य कम गरेको जनाएको छ ।

यस वर्ष आँपको न्यूनतम ठेक्का मूल्य रु १० लाख ११ हजार ५६० तोकिएको उहाँले बताउनुभयो । केन्द्रले १२० बिघा क्षेत्रफलमा आँप उत्पादन गर्दै आएको छ । यो बागवानी दक्षिण एशियाकै ठूलो बागवानी केन्द्रका रूपमा परिचित रहेको छ । तर यस वर्ष गत वर्षको तुलनामा लिची तथा आँप कम फलेको केन्द्रले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द