प्रभात सुवेदी । साउन ६, बर्दिया । जिल्ला सदरमुकामबाट करिव ४ किलोमिटरको दूर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । साउन ६, बर्दिया । जिल्ला सदरमुकामबाट करिव ४ किलोमिटरको दूर"/>
२०८३, ७ जेष्ठ बिहीबार
कृषि गतिबिधी

२ सय ५० विभिन्न प्रजातिका विरुवाहरु रोपियो

२०७३, ६ श्रावण बिहीबार ११:०७

प्रभात सुवेदी । साउन ६, बर्दिया । जिल्ला सदरमुकामबाट करिव ४ किलोमिटरको दूरीमा रहेको एक मात्र शव दाह स्थल र मुक्तिनारायण भादा घाटमा रहेको परिसरमा आज विभिन्न प्रजातिका २ सय ५० प्रजातिका विरुवाहरु रोपिएको छ ।

मुक्तिनारायण भादा घाट व्यवस्थापन समितिको अगुवाईमा गरिएको यस कार्यक्रमको समुद्घाटन प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले पीपलको विरुवा रोपेर गर्नुभएको हो । धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले निकै नै महत्वपूर्ण मानिएको वर तथा पीपलको विरुवा रमेश गौतमले उपलब्ध गराउनुभएको हो । 

घाटको परिसरमा रोपिएका विरुवाहरुमा लिप्टिस, सागुन, निम, बकाइना, वेल लगायतका प्रजातिहरु रहेका छन् । कार्यक्रम मुक्तिनारायण भादाघाट व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको संयोजकत्वमा सम्पन्न गरिएको हो । वृक्षारोपण कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, समाजसेवी, बुद्धिजिवी, धार्मिक अभियान्ता, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

घाटको दिगो व्यवस्थापन तथा भादा नदीले गर्न सक्ने संभावित नदी कटानलाई रोक्न तथा पर्यावरणीय दृष्टिकोणले निकै नै महत्वपूर्ण कार्य भएकोले लगाइएका विरुवाहरुको संरक्षणका लागि विशेष सुरक्षा र व्यवस्थापन गरिनु पर्ने आवश्यकता रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू