प्रभात सुवेदी । साउन ६, बर्दिया । जिल्ला सदरमुकामबाट करिव ४ किलोमिटरको दूर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । साउन ६, बर्दिया । जिल्ला सदरमुकामबाट करिव ४ किलोमिटरको दूर"/>
२८ मंसिर २०८२, शनिबार
कृषि गतिबिधी

२ सय ५० विभिन्न प्रजातिका विरुवाहरु रोपियो

६ श्रावण २०७३, बिहीबार ११:०७

प्रभात सुवेदी । साउन ६, बर्दिया । जिल्ला सदरमुकामबाट करिव ४ किलोमिटरको दूरीमा रहेको एक मात्र शव दाह स्थल र मुक्तिनारायण भादा घाटमा रहेको परिसरमा आज विभिन्न प्रजातिका २ सय ५० प्रजातिका विरुवाहरु रोपिएको छ ।

मुक्तिनारायण भादा घाट व्यवस्थापन समितिको अगुवाईमा गरिएको यस कार्यक्रमको समुद्घाटन प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले पीपलको विरुवा रोपेर गर्नुभएको हो । धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले निकै नै महत्वपूर्ण मानिएको वर तथा पीपलको विरुवा रमेश गौतमले उपलब्ध गराउनुभएको हो । 

घाटको परिसरमा रोपिएका विरुवाहरुमा लिप्टिस, सागुन, निम, बकाइना, वेल लगायतका प्रजातिहरु रहेका छन् । कार्यक्रम मुक्तिनारायण भादाघाट व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको संयोजकत्वमा सम्पन्न गरिएको हो । वृक्षारोपण कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, समाजसेवी, बुद्धिजिवी, धार्मिक अभियान्ता, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

घाटको दिगो व्यवस्थापन तथा भादा नदीले गर्न सक्ने संभावित नदी कटानलाई रोक्न तथा पर्यावरणीय दृष्टिकोणले निकै नै महत्वपूर्ण कार्य भएकोले लगाइएका विरुवाहरुको संरक्षणका लागि विशेष सुरक्षा र व्यवस्थापन गरिनु पर्ने आवश्यकता रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह