2026-09-13 09:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धान रोपाइँको चटारोमा किसान

जेठ 2८, बागलुङ। कोरोनाको कहर उस्तै छ । ७८औँ दिनदेखि बन्दाबन्दी छ । किसानलाई भने खेती नगरी सुख छैन । यतिबेला यहाँका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । मनसुनले साथ दिएपछि रोपाइँ चाँडै शुरु भएको गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो । गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो । “मजुवा फाँटमा ७० प्रतिशत जति रोपाइँ सकिएको छ”, कृषि शाखा प्रमुख सुवेदीले भन्नुभयो, “जेठ दोस्रो सातादेखि नै यहाँ रोपाइँ शुरु हुन्छ ।”

दैनिकजसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसान बताउँछन् । नेपालमा सामान्यतया अङ्ग्रेजी महिना जुन १० मा मनसुन भित्रिने गरे पनि यसपालि भने अलि छिट्टै मनसुन सक्रिय भएको छ । “किसान व्यस्त छन्, धमाधम रोपाइँ चलिरहेको छ”, गलकोट नगरपालिका–५ की इभा खत्रीले भन्नुभयो । १२ मुरी धान उब्जाउ हुने उहाँको खेतमा केही दिनअघि रोपाइँ भयो । तीन हल गोरु लागे । हली, खेताला, बाउसे गरी २२ जनाले एकै दिनमा रोपाइँ भ्याए । दुई बाली हुने खेतमा रोपाइँ छिटो हुने गरेको उहाँको भनाइ छ ।

गलकोटका मजुवालगायत फाँटखोला आसपास भएको र बाह्रैमास सिँचाइ पुग्ने हुँदा रोपाइँलाई समस्या नपर्ने कृषि शाखा प्रमुख सुवेदीको भनाइ छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदीखोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् । छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायत क्षेत्र पर्छ । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ शुरु भइसक्छ । मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।

असार अन्तिममा मात्र रोपाइँको वास्तविक तथ्याङ्क आउने कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभर झण्डै १० प्रतिशत खेतमा रोपाइँ भएको अनुमान गरिएको छ । असारभित्रमा अधिकांश क्षेत्रमा रोपाइँ सकिन्छ । आकाशे पानीमा भर पर्ने खेतमा पनि दैनिकजसो परेको वर्षाले किसानलाई राहत मिलेको छ । मनसुन जति छिटो सक्रिय हुन्छ, उति नै छिटो रोपाइँ हुन्छ । जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । 

जिल्लाको कूल छ हजार १२२ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसमध्ये दुई हजार ६३५ हेक्टरमा उन्नत र तीन हजार ४८७ हेक्टरमा स्थानीय जातको धानखेती हुन्छ । पछिल्लो समय धानको उत्पादन बढाउन उन्नत जातको खेतीतर्फ किसान आकर्षित छन् । उन्नत धानको खेती बढाउन किसानलाई बीउ वितरण, विज वृद्धि कार्यक्रम सञ्चालन गरिँदै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने किसान बताउँछन् । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुछ«े, छुन्दुङ, हिमाली, सावित्री, जेठो बूढो, सुख्खा १, २, ३ लगायत उन्नत धानको खेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले