2026-09-12 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालगञ्जको ‘ड्रिम प्रोजेक्ट’ सकिने चरणमा

जेठ ३०, नेपालगञ्ज। नेपालगञ्जको ‘ड्रिम प्रोजेक्ट’ वाटरपार्क क्षेत्रको निर्माण कार्य सकिने चरणमा पुगेको छ । लकडाउनको आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी वाटरपार्क क्षेत्रको सौन्दर्यीकरणको काम दु्रतगतिमा अघि बढाइएको छ । 

 नगर विकास समितिबाट हस्तान्तरण भएको सो प्रोजेक्टको कामलाई उपमहानगरपालिकाले युद्धस्तरमा अघि बढाएको छ । झण्डै १३ वर्ष पुरानो उक्त ड्रिम प्रोजेक्टअन्तर्गत अहिले सो सडक कालोपत्रको कामलाई दु्रतगतिमा सञ्चालन गरिएको छ । 

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार वाटरपार्कको कूल ६५ बिघा  क्षेत्रफलमा आधुनिक बस्ती बसाउने गरी प्रोजेक्ट सञ्चालन गरिएको हो । सो क्षेत्रमा करिब एक हजार बढी घरधुरी बसाउने योजना छ ।

 नेपालगञ्जको मुटु धम्बोझी–१ को उत्तरपश्चिममा पर्ने वाटरपार्कको कूल क्षेत्रफल मध्ये १० बिघा तलाउले ओगटेको छ । सोही तलाउलाई नै वाटरपार्कको नाम दिइएको हो । तलाउलाई नौका बिहार र पौडी पोखरीका रूपमा विस्तार गरिएको छ । पार्कमा आकर्षक र मनमोहक पूmलबारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिएको छ । यसैगरी वाटरपार्क क्षेत्रभित्र ६ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण भइरहेको छ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिने छ । 

वाटरपार्क निर्माणको योजना १३ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणको क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो । अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएको नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो ।

वाटर पार्क क्षेत्रमा अधिग्रहण गरिएको जग्गाको प्रमाणपूर्जा तयार भइरहेको छ भने झण्डै ३५० घरधुरीलाई अस्थायी प्रमाणपुर्जासमेत वितरण भइसकेको छ । नापीको बाँकी केही सकेर बाँकी सबै घरधुरीलाई प्रमाणपुर्जा वितरण गरिने अध्यक्ष राणाले बताउनुभयो । वाटरपार्क क्षेत्रका जग्गाधनीले समितिले तयार गरेको डिपिआरअनुसार घर संरचना निर्माण गर्नुपर्ने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन