Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एम्बुलेन्स चालक असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार २, लहान। दैनिकजसो कोरोना सङ्क्रमितको सम्पर्कमा आउने सिरहाका एम्बुलेन्स चालकले असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग गरेका छन् । कोरोना भाइरस सङ्क्रमितको ओसारपसार गर्ने एम्बुलेसन्सका चालकले आफूहरुको ज्यान जोखिममा परेको भन्दै स्वास्थ्य सुरक्षाका लागि सरोकारवालालाई गुहारेका हुन् ।

एम्बुलेन्स चालकहरुको संस्था सगरमाथा एम्बुलेन्स चालक एशोसिएशन सिरहाले स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो घरपरिवार छाडेर दिनरात कोरोना सङ्क्रमितसँगै अन्य बिरामीको ओसारपसार गर्दै आएका एम्बुलेन्स चालकहरु स्वास्थ्य सुरक्षा सामग्रीको अभाव, बास बस्ने उचित व्यवस्था नभएको र स्वच्छ तथा स्वस्थ्य खानाको समस्याका कारण त्रासमा रहेको ध्यानाकर्षण गराएको छ ।

“हामी दैनिकजसो सङ्क्रमितको सम्पर्कमा हुन्छौँ”, एम्बुलेन्स चालक सङ्घ सिरहाका सचिव दिलीपकुमार दासले भन्नुभयो, “तर हामीले न त पिपिइ सेट पाएका छौँ, न त राम्रो बस्ने र स्वच्छ तथा स्वादिष्ट खाना नै पाइरहेका छौँ, त्रासैत्रासको बीचमा हामी आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छौँ ।”

दासका अनुसार एम्बुलेन्स चालकले दिनरात बिरामीको सेवाका कारण सुत्ने र बस्ने  ठाउँ निश्चित नहुँदा कहिलेकाहीँ एम्बुलेन्समै र कहिले रुखमुनि सुतेर समय बिताइरहेका छन् ।

पटक–पटक आफूहरुले भोग्दै आएको समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि अझै सम्बोधन हुन नसकेकाले इलाका प्रशासन कार्यालय लहानमा ज्ञापनपत्र बुझाएको सचिव दासले बताउनुभयो । स्वास्थ्यकर्मीसँगै आफूहरु पनि कोरोना भाइरसविरुद्धको अग्रमोर्चामा रहेर काम गर्दै आए पनि त्यसअनुसार स्वास्थ्य सुरक्षाको अनुभूति गर्न नसकेकाले सरोकारवाला निकायलाई गुहारेको उहाँको भनाइ छ । रासस