२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी

२०७७, १० असार बुधबार ०५:०५

असार १०, बैतडी। बैतडीमा विद्यार्थीहरुको वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी भएको छ । सदरमुकामस्थित  दशरथचन्द नगरपालिकाले विद्यार्थीहरुको वैकल्पिक पठनपाठनको तयारी गर्न थालेको हो । कोरोना भाइरसका कारण विद्यालयहरु सञ्चालनमा नआएपछि वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिनुभयो । नगर क्षेत्रभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर वैकल्पिक सिकाइ प्रणालीका विषयमा मङ्गलबार छलफल गरिएको छ । 

लामो समयदेखि घरमै बस्न बाध्य भएका विद्यार्थीहरुको सिकाइ प्रक्रियामा समस्या नआओस् भन्ने उद्देश्यले वैकल्पिक पठनपाठनका विषयमा छलफल भएको शिक्षा शाखा प्रमुख नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार वैकल्पिक प्रणालीबाट पठनपाठन गर्नका लागि विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरिएको छ ।”

स्थानीय एफ एम रेडियोहरुबाट कक्षा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ । रोस्टर शिक्षकहरु तयार गरेर स्थानीय एफ एमबाट कक्षा सञ्चालनको तयारी गरिने नगरपालिकाले जनाएको छ । गएको चैतदेखि विद्यालयहरु बन्द हुँदा बालबालिकाहरुको सिकाइ प्रक्रियामा समस्या आउने भएकाले वैकल्पिक प्रणालीबाट पठनपाठनका विषयमा छलफल भएको मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशव भट्टले बताउनुभयो । छलफलमा सहभागी प्रधानाध्यापकहरुले विद्यालयबाट तत्काल पढाइ सञ्चालन हुन नसक्ने भएकाले अन्य विकल्प खोज्नुपर्ने औँल्याउनुभएको थियो । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ