२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘खेलकूद गतिविधि ठप्प हुनु दुर्भाग्य’

२०७७, १९ असार शुक्रबार ०५:३१

असार १९, कास्की। कोभीड–१९ महामारी रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दीको तीन महिना पुगिसक्दासमेत खेलकूद गतिविधि सञ्चालन हुन नसकेकामा खेलकर्मी तथा सञ्चारकर्मीले चिन्ता ब्यक्त गरेका छन् । 

विश्व खेलकूद पत्रकार दिवसका अवसरमा बिहीबार खेलकूद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको ‘कोभिड–१९ प्रभावबीच खेलकूद र पत्रकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले कोरोनाबाट धेरै प्रभावित विश्वका विभिन्न मुलुकमा खेल क्षेत्र पूर्ववत् अवस्थामा फर्किसकेकाले नेपालमा समेत विस्तारै खेल प्रशिक्षण, अभ्यास तथा खेलकूद गतिविधि शुरु गर्नुपर्नेमा जोड दिएका छन् । 

खेल गतिविधि बन्द भइरहेको अवस्थामा समेत खेलकूद पत्रकारले समाचारका माध्यमबाट खेल क्षेत्रमा आवश्यक नीतिगत सुधारका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । 

गण्डकी प्रदेशसभा विधायन समितिका सभापति मोहन रेग्मीले प्रदेश सरकारले छिट्टै प्रदेश खेलकूद ऐन ल्याउन लागेको जानकारी दिँदै यसबाट प्रदेशका खेलाडीको क्षमता विकास र खेल गतिविधि बढाउन सहयोग पुग्ने बताउनुभयो । खेल क्षेत्रमा क्रियाशील रहेकालाई प्रेरणा दिन तथा विकृति विसङ्गतिका विरुद्ध निरन्तर कलम चलाएर खेल पत्रकारले सुशासन कायम गर्न योगदान दिनुपर्ने भनाइ उहाँको छ । 

पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले कोभिड–१९ का कारणले विश्वनै प्रताडित भएको र यसको रोकथामका प्रयाससमेत भइरहेको अवस्थामा खेलकूद क्षेत्रजस्तै सञ्चार उद्यम र सञ्चारकर्मीसमेत प्रभावित भएको बताउँदै  लामो समय खेलकूद गतिविधि ठप्प हुनु दुर्भाग्य भएको बताउनुभयो । कोरोनालाई देखाएर लामो समय देशनै बन्द गरेर बस्नुपर्ने अवस्था अन्त्य गरी सरकारले खेल गतिविधि तथा अन्य पेशा व्यवसाय सहज सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले खेलकूद प्रतियोगिता तथा खेल पूर्वाधार प्रभावित भए पनि बन्दाबन्दीकाबीचमा पोखरा रङ्गशालाभित्रको वैकल्पिक फुटबल मैदान निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले पोखरालाई खेलकूदको शहरका रुपमा स्थापित गराउन सञ्चारकर्मीको योगदान रहेको चर्चा गर्दै ओलम्पिक कमिटीको निगरानीमा ओलम्पियनले आवश्यक सुरक्षा उपाय अवलम्बन गरी तयारी शुरु गरेको जानकारी दिनुभयो ।

पत्रकार महासङ्घका प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले कोभिड–१९ का कारणले छापा तथा विद्युतीय सञ्चारमाध्यम बन्द भएको तथा पत्रकारिता पेशासमेत अहिले सङ्कटमा परेको बताउनुभयो । हालको अवस्थामा खेल क्षेत्रमा कलम चलाउने पत्रकारको ध्यान नीतिगत सुधारका लागि लक्षित हुुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगी, जिल्ला खेलकूदका प्रमुख प्रकाश बराल, प्रेस युनियनका जिल्ला अध्यक्ष नविन सिग्देल, प्रेस सङ्गठनका सहसंयोजक सन्देश श्रेष्ठ, मञ्चका अध्यक्ष एकराज गिरी, महासचिव विजय नेपाल, सहसचिव राजाराम पौडेललगायतले आवश्यक भौतिक दूरी कायम गर्दै व्यक्तिगत तथा समूहगत खेलका अभ्यास तथा प्रशिक्षण शुरु गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी