भाष्कर के.सी | साउन  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी | साउन 
2026-09-16 08:40 AM
कन्चनपुर - KNC

बत्तिको पासोद्धारा धानमा लाग्ने किरा नियन्त्रण

भाष्कर के.सी | साउन ८, कञ्चनपुर | कृषि विकास कार्यालय कञ्चनपुरको अगुवाइमा जिल्लाका बिभिन्न क्षेत्रहरुमा बत्तिको पासोबाट धानमा लाग्ने बिभिन्न खाले किराहरु नियन्त्रण अभियान शुरु गरिएको छ ।

क्षेत्रिय बीउबीजन प्रयोगशाला सुन्दरपुरबाट यो अभियानको शुरुवात गरिएको छ । यस अभियानले धानमा लाग्ने गबारो, पात बेरुवा, फडके किरा जस्ता किराहरु नियन्त्रण भइ उत्पादनमा बृद्धि गर्न सकिने कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले जानकारी दिनुभएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्राबिधिकहरुले गाँउ गाँउमा यो अभियान संचालन गर्ने समेत उहाँले बताउनु भएको छ। यसरी बत्तिको पासोमा किरा नियन्त्रण गर्ने अभियान कञ्चनपुर जिल्लामै पहिलो पटक संचालन गरिएको हो । बिना बिषादी र कम लागतमा किरा नियन्त्रण गर्न सकिने भएका कारण यो कार्यक्रम प्रभावकारी भएको क्षेत्रीय बीउबीजन प्रयोगशाला कञ्चनपुरका बरिष्ठ बालि विकास अधिकृत विमल थापा क्षेत्रीले जानकारी दिनुभएको छ । बिषादी किन्नका लागि बजार धाइरहनु नपर्ने र बिषादीबाट हुने असरबाट बचिनुका साथै कमै लागतमा किरा नियन्त्रण गर्न सकिने भएपछि कञ्चनपुरका कृषकहरु यसरी बत्तिको पासोमा किरा नियन्त्रण गर्ने अभियानमा लागेका छन् । 

समसाझँमा यसरी करिब १० दिनमा एक पटक आधा देखि १ घण्टा बत्ति बालेर किरा नियन्त्रण गरेमा धानबालीमा लाग्ने सबै किरा नियन्त्रण गर्न सकिने जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु