२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तयार हुँदैछन् सहस्राब्दी पदमार्गका पूर्वाधार

२०७७, २३ असार मंगलवार ०६:३७

वासुदेव पौडेल। असार २३, पोखरा । पदयात्रा पर्यटनमा चासो र चर्चा पाएको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग(मिलेनियम ट्रेक)का विभिन्न स्थानमा विभिन्न पूर्वाधारका काम सम्पन्न भएका छन् ।तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको यस पदमार्गमा गण्डकी प्रदेश सरकारको रु ५० लाख सहयोग र स्थानीय जनश्रमदान २० प्रतिशत गरी कूल रु ६० लाखको लागतमा काम सकिएको हो ।

कामले गति लिँदै गरेका अस्थामा बन्दाबन्दीले केही समय काम प्रभावित भए पनि प्रदेश सरकारले विकास निर्माणका काम बढाउने निर्णय गरेसँगै बाँकी कामलाई तीव्रताका साथ सम्पन्न गरिएको हो ।पदमार्गको विकासका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित सो रकम र स्थानीय जनसहभागिता २० प्रतिशतबाट काम बढिरहेका अवस्थामा झण्डै दुई महिना सम्पूर्ण काम ठप्प भएको ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो ।

उहाँले यसअघि नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का अवसरमा न्यूनतम ५० हजार पदयात्री यस पदमार्गबाट हिँडाउने लक्ष्य समेत सार्वजनिक गर्दै प्रवद्र्धन र विकासका कामलाई अघि बढाइएको बताउनुभयो ।“कोरोनाका कारण समग्र पर्यटकीय क्षेत्र तहसनहस भए पनि चाँडै नै महामारीको अन्त्य भई पूर्ववत् अवस्थामा फर्कनेमा हामी आशावादी छौँ”, उहाँले भन्नुभयो, “पदमार्ग क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पुपुर्याउनका लागि आधारभूत पूर्वाधार विकास यतिखेर हाम्रो प्राथमिकतामा छ ।”

चालु आर्थिक वर्षमा केही आधारभूत काम सम्पन्न भएको र आगामी आर्थिक वर्षमा पनि अन्य बाँकी कामलाई सङ्घ, प्रदेश एवं स्थानीय तहका सरकारसँगको  समन्वय एवं सहकार्यमा अघि बढाउने लक्ष्य रहेको उहाँले जानकारी  दिनुभयो । 

पूर्वाधार विकासअन्तर्गत पदमार्गअन्तर्गत पर्ने तनहँुको शुक्लागण्डकी नगरपालिका–१० स्थित ढोर मूलकोट दरबार क्षेत्रलाई तारबारसहित व्यवस्थित गरिएको छ । लगभग ३०० वर्ष पुरानो ढोर मूलकोट दरबारसहित त्यहाँका गढी, त्यहाँस्थित शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घर आदिको भग्नावशेषसमेतलाई संरक्षण गरिएको छ । 

पदमार्गअन्तर्गतकै मिलेनियम गुफाको तारबारलगायतका कामलाई व्यवस्थित गरिएको छ । प्रवेशद्वार, टिकट घर, शौचालय, रेलिङ, गेटजस्ता विभिन्न संरचना निर्माण गरिएको समितिले जनाएको छ । योजनाअन्तर्गत नै समितिले शुक्लागण्डकी–११ राइपुरस्थित जन्तेढुङ्गालाई तारबार गरेको छ । पदमार्ग क्षेत्रका प्रकृतिलाई पर्यटनसँग जोडी आर्थिक समृद्धिका लागि पहल गर्ने प्रयासस्वरुप प्राचीन महत्वको जन्तेढुङ्गालाई घरबास र पर्यटनसँग जोड्न लागिएको हो । समितिले आगामी वर्ष यही स्थानमा ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा मूर्ति कार्यशाला गर्ने तयारी गरेको छ । 

पदमार्ग क्षेत्रकै भीरकोट नगरपालिका–३ स्थित भीरकोट दरबार र वडा नं ७ स्थित देउपूजी ढुङ्गालाई पनि तारबार एवं व्यवस्थित गरिएको सो समितिका सदस्य बालकुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पुतली बजार नगरपालिका वडा नं २ स्थित भैँसेगौँडाको खाँणदेवीको मन्दिर जाने सिँढी बाटोमा रेलिङ निर्माण गरिएको छ । पदमार्गकै कुसुम भञ्ज्याङबाट गहते मनकामना जाने सिँढी बाटो, पुतलीबजार नगरपालिका–९ कोल्मामा चरा एवं वन्यजन्तु अवलोकनस्थललगायतका निर्माण सम्पन्न भएका छन् ।

“सहस्राब्दी पदमार्गले पर्यटन बजारमा चासो र चर्चा पाउन थालेसँगै पदमार्ग क्षेत्रका स्थानीयवासीमा पनि उत्साह थपिएको छ”, मिलेनियम भैसेगौँडा सामूदायिक होमस्टेका अध्यक्षसमेत रहेका उहाँले भन्नुभयो, “पदमार्ग क्षेत्रका ठाउँ ठाउँमा स्थानीय जागरुकतासँगै होमस्टे तथा अन्य होटेल रेष्टुराँ बनाउने क्रमले पनि गति लिएको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो