२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सुदुरपश्चिममा टेलिकमबाट एफटिटिएच सेवा सुरु

२५ असार २०७७, बिहीबार १६:१७

असार २५, डोटी | नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटिटिएच) सेवाको आजदेखि यहाँ शुभारम्भ गरेको छ । यसअघि सो सेवा काठमाडौँमा मात्रै सञ्चालन गरिएको थियो । 

टेलिकमका सुदूरपश्चिम प्रदेशका क्षेत्रीय निर्देशक नामाकर न्यौपानेले आज पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरस्थित कार्यालयमा एफटिटिएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई केन्द्रमा फोन गरेर सो सेवाको शुभारम्भ गर्नुभएको थियो ।

टेलिकमले एफटिटिएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । सोअन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबिपिएसको प्याकमा रु आठ हजार  शुल्क लाग्ने भएको छ । हाल एफटिटिएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाइ राउटर (सिपिई) र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्ने योजना रहेको  टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “ यो इन्टरनेट अरु सेवाभन्दा राम्रो र छिटो भएकाले सबैले यो प्रविधि जडान गर्न आवश्यक  छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने