2026-09-10 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् कतारबाट नेपाल फर्कनै पर्ने गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले पेश गर्नु पर्ने कागजात

योगेन्द्र योगी | असार २९, दोहा | कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा नियमित हवाई सेवा स्थगित भएको सन्दर्भमा  नेपालमा आफन्तको मृत्यु भई आफैले काज क्रिया गर्न जानु पर्ने र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भई उपचारका लागि तुरुन्तै नेपाल जानु पर्ने तथा नेपालमा आमा, बुवा, श्रीमान, श्रीमती, छोरा, छोरीको जटिल स्वास्थ्य अवस्था रही तुरुन्तै नेपाल जानु पर्ने भएमा निम्न कागजात पेश गर्न कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

दूतावासका अनुसार आफन्तको मृत्यु भइ आफैले काजक्रियाका लागि नेपाल फर्कनुपर्ने भएमा मृत्यु दर्ताको प्रमाणपत्र तथा नाता खुलने कागजातसहित दूतावासले उपलब्ध गराएको ईमेलमा मेल गर्न तथा थप जानकारी चाहिएमा दूतावासको फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्टेन्सन नम्बर १११ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफै नेपालमा गई थप उपचार गर्नु परेमा कतारमा मान्यता प्राप्त स्वास्थ्य संस्था वा डाक्टरको शिफारिससहित दूतावासमा मेल गर्नु पर्ने छ भने थप जानकारी आवश्यक परेमा  दूतावासको फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्टेन्सन नम्बर ११३ मा सम्पर्क सकिने दूतावासले जनाएको छ ।

नेपालमा आमा, बुवा, श्रीमान, श्रीमती, छोरा, छोरीको जटिल स्वास्थ्य अवस्था रही र अस्पतालमा भर्ना भएको अवस्थामा आफैले हेरचाह गर्न नेपाल जानु पर्ने भएमा भर्ना भएको अस्पतालबाट जटिल स्वास्थ्य अवस्था रहेको खुल्ने शिफारिस र बिरामीसँग नाता खुल्ने कागजातहसित दूतावासको फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्टेन्सन नम्बर ११३ मा सम्पर्क गर्नु पर्ने छ ।

स्वास्थ्य समस्या देखाई घर फिर्तिको अनुरोध गर्नेहरुको लागि मान्यता प्राप्त अस्पताल वा जिल्ला स्वास्थ्य कार्यालय बाहेक अन्य प्रशासनिक निकायको शिफारिस मान्य नहुने दूतावासले जनाएको छ ।

यी सबै अवस्थाका लागि दूतावासमा ईमेल प्राप्त भए पछि आवश्यक प्रक्रिया अघि बढाईने हुनाले व्यक्ति आफै दूतावासमा जानु नपर्ने र अन्य कागजात तथा जानकारी चाहिएमा दूतावासले नै  सम्पर्क गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो