2026-09-13 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मोदीमा कृषिमा ९८ लाख विनियोजन

पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि बजेट, नीति तथा कार्यक्रममा कृषिलाई प्रथामिकता दिइएको छ । गाउँपालिकाको सातौ गाउँ सभाबाट आगामी आर्थिक वर्षका लागि कुल ६२ करोड ५६ लाख ५९ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो । जसमा चालू तर्फ ४० करोड ३ लाख १४ हजार ७५० अर्थात ६३।९८ प्रतिशत र पूँजीगत तर्फ २२ करोड ५३ लाख ४४ हजार २ ५० अर्थात ३६।०२ प्रतिशत रहेको छ ।

गाउँपालिकाले कोभिड विशेष कोष स्थापनाका लागि रू १ करोड ५० लाख, कोरोना प्रभावित यूवा लक्षित व्यवसायिक कार्यक्रमका लागि रू ५० लाख, मोदी नमुना कृर्षि गाउँ स्थापनाका लागि रू २४ लाख रुपैया बिनीयोजन गरेको छ । त्यसैगरी भूमी बैकको स्थापना र बाँझो जग्गामा खेती गर्नेलाई मापदण्ड बनाई अनुदान दिनका लागि रु १२ लाख, गाउँपालिकास्तरीय कृषि उपज संकलन केन्द्र स्थापना गर्न रु १२ लाख, कृषि उत्पादन र ढुवानीमा अनुदान, कृषक विमा कार्यक्रम, गाउँपालिकास्तरीय श्रम बैक स्थापना र सञ्चालनर बालकक्षा सहजकर्तालाई थप पारिश्रमिकको व्यवस्थाका लागि बजेट प्राथमिकतामा पारिएको छ ।

यता कुश्मा नगरपालिकाले आगमी  आर्थिक वर्ष ०७७र०७८ का लागि झण्डै रु.८० करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ । छैटौ नगरसभाले आगामी आर्थिक वर्ष २०७७।०७८ का लागि रु. ७९ करोड ७८ लाख ५० हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो । जसमा  कृषि क्षेत्रको व्यावसायिकरण तथा यान्त्रिकिरणका लागि रु ६५ लाख, पशु सेवा विकासका लागि ५५ लाख, पर्यटन पूर्वाधार विकासका लागि रु. १५ लाख, महिला सहकारी विकासका लागि १२ लाख बिनीयोजन गरिएको छ ।

महाशिला गाउँपालिकाले आठौ गाउँसभाबाट रु.३४ करोड, ४० लाख १८ हजार २२३ रुपैया बराबरको बजेट ल्याएको हो । महाशीलाको सरोकार एक घर एक रोजगार कार्यक्रमका लागि रु.१ करोड १८ लाख रुपैया बिनीयोजन गरेको छ । विहादी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड ८९ लाख १० हजार रुपैयाको बजेट प्रस्ताव गरिएको छ ।

कृषि तथा पशु पालनमा ब्यवसायमा आश्रीत रहेका कारण कृषिमा विविधिकरण र आधुनिकीकरण गरी ब्यवसायीक बनाउने योजनालाई प्रथामिकतामा राखिएको छ ।  व्यवसायी खेती, निर्वाहमुखी खेतीको लागि प्रोत्साहन गर्ने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले