2026-09-12 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोहोला अब बाख्रा स्मार्ट गाउँ

साउन ८, राँझा । बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाँके र बर्दियाका बाख्रापालक किसान उत्साहित भएका छन् । दुई/चारवटा बाख्रा पाल्दै आएका किसानले बाख्रा स्मार्ट गाउँ कार्यक्रममा आबद्ध भएपछि बाख्राको सङ्ख्या थप्दै गएका छन् । साथै व्यावसायिकरुपमा बाख्रापालन समेत गर्न थालेका छन् । 

बाँकेको नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित कोहोला गाउँमा सो कार्यक्रम शुरु भएपछि किसानले व्यावसायिकरुपमा बाख्रापालन गर्न थालेको स्थानीय अगुवा सोहनलाल यादवले बताउनुभयो । उहाँले कोहोला गाउँ अब बाख्रा स्मार्ट गाउँको नामले चिनिँदै गएको बताउनुभयो । कोहोला बाख्रा स्मार्ट गाउँमा ५० घर परिवारले अहिले व्यावसायिक रुपमै बाख्रा पालिरहेका छन् । हरेक घरका किसानले १२ देखि ५० वटासम्म बाख्रा पालेका छन् ।

बाख्रा पालन व्यवसायबाट गाउँका किसानलाई आर्थिकरुपमा सवल बनाउने योजनाका साथ जिल्लाको नरैनापुर र जानकी गाउँपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा गत आर्थिक वर्षदेखि बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बाख्रा स्मार्ट गाउँलाई साँच्चिकै स्मार्ट गराउन जलवायु स्मार्ट, प्रविधि स्मार्ट, पोषण स्मार्ट, सिँचाइ स्मार्ट, बजार स्मार्ट र अन्तर्सम्बन्धित स्मार्टलाई विशेष ध्यान दिएर काम भइरहेको छ । बाख्रा स्मार्ट गाउँका लागि प्रदेश सरकारले शुरुको वर्षमा ८० प्रतिशत रु ५० लाख लगानी गरेको छ भने २० प्रतिशत स्थानीय तह वा सम्बन्धित किसानलेनै लगानी गरेको उहाँले बताउनुभयो ।

“बाख्रा स्मार्ट गाउँका लागि दोस्रो वर्षबाट प्रदेश सरकारले २५ प्रतिशत सहयोग घटाउँदै लैजाने र चार वर्षमा समुदाय कार्यक्रम सम्पन्न गरेर स्थानीय सरकार तथा सम्बन्धित किसानलाई हस्तान्तरण गर्ने योजना रहेको छ”, उहाँले भन्नुभयो, “बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाख्रालाई सुरक्षित राख्न नयाँ खोर निर्माण गरिएका छन् । बाख्रालाई चाहिने उन्नत जातको बोका, उन्नत घाँस, आवश्यक पर्ने औषधिलगायतको व्यवस्थापन गरिएको छ ।”

बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि अहिले बाख्राको सुरक्षा, खानपिन तथा औषधोपचारका लागि पनि किसान उत्साहका साथ लागि परेको छन् । सो कार्यक्रम शुरु भएपछि दिन प्रतिदिन किसान बाख्रापालनतर्फ आकर्षित भएको बाँकेको नरैनापुर गाउँपालिकास्थित कोहोला बाख्रा स्मार्ट गाउँका संयोजक सविर खाँनले जानकारी दिनुभयो । प्रत्येक मङ्गलबार बाख्रा बिक्रीको लागि बजार लगाउने र बाख्राको मलबाट व्यावसायिक तरकारी खेती गर्ने योजना रहेको कोहोला बाख्रा स्मार्ट गाउँमा अहिले ५०० बढी बाख्रापालन गरिएको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग