२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सदरमुकामको सडक स्तरोन्नति नहुँदा समस्या

१० श्रावण २०७७, शनिबार ०३:१६

साउन १०, बैतडी (रासस) | बैतडीको सदरमुकाम खलङ्गा जोड्ने सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारदेखि जिल्लाको मुख्य सदरमुकाम तथा मुख्य प्रशासनिक निकाय गढी खलङ्गा जोड्ने सडकमा वर्षेनी बजेट छुट्याइने भए पनि सडकको अवस्था भने दयनीय भएको छ ।

सदरमुकाम गढी–गोठलापानी सडक समयमै स्तरोन्नति नहुँदा सो सडकमा हिँडडुल गर्नेलाई निकै सकस हुने गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा सडक स्तरोन्नतिका लागि ठेक्का भए पनि समयमै स्तरोन्नतिको काम नहुँदा बाटोमा हिँड्नेलाई सास्ती भएको हो । जिल्लाको मुख्य प्रशासनिक निकाय जोड्ने बाटोसमेत समयमा स्तरोन्नति नहुँदा समस्या भएको दशरथचन्द नगरपालिकामा कार्यरत नायब सुब्बा राजु विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षात्मा सडक हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको छ ।” 

प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका विभिन्न कार्यालयका कर्मचारीको दैनिक हिँड्ने बाटोको रुपमा रहेको गोठलापानी–गढी सडक समयमा स्तरोन्नति नहुँदा विकास निर्माणले सबैलाई गिज्याएको स्थानीय दिपेश शाहले बताउनुभयो । १८ महिनामा सक्नुपर्ने काम तीन वर्ष हुँदासमेत पूरा नभएको हो । उहाँले भन्नुभयो, “छेउदेखि टुप्पोसम्म खाल्टाखुल्टीमात्रै रहेको उक्त सडकमा बढीजसो जिल्लाका महत्वपूर्ण कार्यालयका हाकिम र कर्मचारीले यात्रा गर्दछन् तर सडक भने व्यवस्थित तरिकाले कहिले पनि मर्मतसम्भार हुने सकेन ।” 

सदरमुकाम क्षेत्रको सो सडक स्तरोन्नति गर्नका लागि केएस कन्सट्रक्सनले रु तीन करोड ८० लाखको लागतमा ठेक्का पाएको भए पनि समयमा सडक स्तरोन्नति नहुँदा स्थानीयलाई समस्या भएको हो । समयमै सडक स्तरोन्नति नहुँदा जिल्ला प्रशासन, दशरथचन्द नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कामका लागि जानेलाई झन समस्या हुने गरेको छ । 

करिब १.२ किलोमिटरको सो सडक निर्माणका लागि केही व्यावहारिक समस्या र केही ठेकेदारको लापरवाहीका कारण समयमै काम सम्पन्न हुन नसकेको शहरी तथा भवन निर्माण आयोजना डोटीको फिल्ड कार्यालय बैतडीमा कार्यरत सवइञ्जिनीयर सञ्जय रेग्मीले बताउनुभयो । गत असोजमै सक्नुपर्ने सो योजना समयमै सम्पन्न नभएपछि निर्माण कम्पनीले आगामी मङ्सिरसम्म ठेक्काको थप म्याद पाएको छ । अनुमानभन्दा बढी काम गर्नुपरेको र विवादका कारण समयमा काम सम्पन्न गर्न नसकेको निर्माण कम्पनीले दाबी गरेको छ । 

सात मिटर सडक चौडा बनाउने भने पनि स्थानीयका घर तथा अन्य संरचना पर्दा धेरै समय काम गर्न नपाएको कम्पनीका प्रतिनिधि पदम भाटले बताउनुभयो । यसअघि उक्त सडकमा मात्रै वर्षेनी नगरपालिका, तत्कालीन जिल्ला विकास समिति र भवन डिभिजन कार्यालयले बजेट विनियोजन गरेको भए पनि उक्त सडकको व्यवस्थित तरिकाले मर्मतसम्भार नहुँदा सर्वसाधारण र सवारी चालक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

विसं २०७४ मा मात्रै शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले सडकको मर्मतका लागि रु १० लाख बजेट विनियोजन गरी काम गरेको थियो । विसं २०६८ मा जिल्ला विकास समितिको रु ५० लाख लागतमा कालोपत्रे गरिएको उक्त सडकमा शहरी विकास तथा भवन डिभिजन कार्यालय र दशरथचन्द नगरपालिकाले पनि मर्मतको नाममा लाखौँ रुपयाँ खर्च गरिसकेको छ तर सडक व्यवस्थित तरिकाले मर्मत नहुँदा आफूलाई यात्रा गर्न निकै समस्या हुने गरेको विभिन्न कामका लागि सदरमुकाम पुग्नेले गुनासो गर्ने गरेका छन् । सडकमा भएको खाल्डाखुल्डीकै कारण उक्त सडकमा सवारी दुर्घटनासमेत हुने गरेका छन् ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य