2026-09-13 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा पर्यटन क्षेत्रका २५ प्रतिशत मजदूर काममा फिर्ता

जमुना वर्षा शर्मा । साउन १८, पोखरा। लामो समयको बन्दाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन विस्तारै तङ्ग्रिन थाल्दैछ । चार महिनाको बन्दाबन्दीपछि विस्तारै सञ्चालनमा आउन थालेको पर्यटन व्यवसायले यहाँको चहलपहल बढाउनुको साथै मानिसहरुलाई आशा दिलाएको छ । 

पर्यटनसँग सम्बद्ध व्यवसायहरु खुलेसँगै त्यहाँ कार्यरत झण्डै २५ प्रतिशत मजदूर काममा फर्किएका छन् । सरकारले साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालनको अनुमति दिएसँगै पर्यटन सम्बद्ध विभिन्न क्षेत्रमा आबद्ध मजदूर रोजगारीका लागि फर्किएको पोखरा पर्यटन परिषद्ले जनाएको छ । 

परिषद्का उपाध्यक्ष गोपी भट्टराईले भट्टराईले भन्नुभयो, “लामो समयको बन्दाबन्दीपछि पर्यटन व्यवसाय सञ्चालनमा आएको छ । अहिले व्यावसायिकरुपमा भन्दा पनि होटलको आन्तरिक व्यवस्थापनलगायतका कामका लागि होटल रेस्टुराँ, टे«किङ सप, ट्राभल खोलिएका छन् । सञ्चालनको प्रारम्भिक अवस्था भएकाले अहिले २५ प्रतिशत कर्मचारी मात्र रोजगारीमा फर्कने वातावरण बनेको छ ।” 

उहाँले व्यवसायले गति लिन थालेपछि विस्तारै सबै पर्यटन मजदूर पूर्ववत्रुपमा कार्यक्षेत्रमा आउने विश्वास व्यक्त गर्नुभयो । भट्टराईका अनुसार पोखरामा पर्यटन क्षेत्र सम्बद्ध होटल तथा रिसोर्ट, रेस्टुराँ तथा बार, ट्रेकिङ ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्युपमेन्ट शप, इम्ब्रोइयरी एण्ड गार्मेन्ट शप, पर्यटक यातायात व्यवसायी, भिटोफलगायतमा गरेर करिब ३० हजारले रोजगारी पाएका छन् । 

पोखरामा ७०० होटल, १०० रेस्टुराँ एण्ड बार, १५९ ट्रेकिङ  एजेन्सी, १८१ वटा ट्राभल्स, ६८ वटा प्याराग्लाइडिङ, ११५ वटा ट्रेकिङ इक्युपमेन्ट शप, ७५ वटा इम्ब्रोइडरी एण्ड गारमेन्ट शप र ८६ वटा पर्यटक यातायात व्यवसायी रहेका छन् । यस क्षेत्रमा खर्बौंको लगानी रहेको छ । पोखराका ७०० होटल तथा रेस्टुराँमा मात्रै १२ हजार १९८ ले रोजगारी पाएका छन् । 

भट्टराईले पर्यटनलाई गतिशील बनाउन पूर्वाधार विकासलाई पनि जोड दिनुपर्ने बताउनुभयो । “अहिलेको समयमा पर्यटकमैत्री भौतिक संरचनामा सरकारले विशेष चासो दिएर काम गर्नुपर्र्छ । निजी क्षेत्र पनि सरकारलाई सघाउन तयार छ ।” 

दियो बालेर उज्यालो 

पोखराका पर्यटन व्यवसायीले कोभिड–१९ का कारण सुनसान र साँझ ७ बजेपछि हिँड्न पनि डराउनुपर्ने अवस्थामा अहिले सञ्चालन भएका होटल रेस्टुराँले अन्धकारमा दियो बालेर उज्यालो दिने प्रयास गरेको बताएका छन् । होटल माउन्ट कैलाशका सञ्चालक नरेश भट्टराईले भन्नुभयो, “कोभिड– १९ को असरले सुनसान र ७ बजेपछि हिँड्न पनि डराउनुपर्ने अवस्था थियो, सबैले साँझमै बत्ती निभाउथे, बाटोका बत्ती पनि अधिकांश वर्षायामका कारण बिग्रिएका छन् ।”

अहिले होटल रेस्टुराँ सञ्चालन हुँदा कम्तीमा होटलमा बत्ती बलेका छन् । राति १० बजेसम्म गाडी गुड्न थालेका छन् । यसले लेकसाइडको चहलपहलमा थोरै भए पनि रौनकता दिएको छ ।  उहाँले एक सय जना कर्मचारी रहेको होटलमा बन्दाबन्दीको समय जम्मा १५ जनालाई मात्रै रोजगार दिन सकेको बताउनुभयो । होटल परिसरमा उम्रिएका झार, ढुङ्गामा लागेको लेउ, होटलका कोठा सफालगायत कामका लागि पनि कर्मचारी राख्नैपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

उहाँले होटल व्यावसायिकरुपमा सञ्चालन हुन नसक्दा होटलको ‘अपरेटिङ कस्ट’को खर्च मात्र मासिक रु तीन लाख ५० हजार रहेको बताउनुभयो । “घाटा छ तर बन्द सधैँको समाधान होइन, त्यसैले विश्वस्वास्थ्य सङ्गठनको हेल्थ प्रोटोकललाई अपनाएर ‘हामी तयार छौँ भन्दै अघि बढेका छौँ’ स्वास्थ्य सतर्कता अपनाएर सेवा दिन तयार छौँ ।” 

पश्चिमाञ्चल होटल सङ्घमा कोषाध्यक्ष एवं होटल ल्याण्डमार्कका सञ्चालक पार्वती पाण्डेले साउन १५ पछि होटल सञ्चालन भए पनि गेष्ट नहुँदा व्यवसायले गति लिन नसकेको बताउनुभयो  । उहाँले भन्नुभयो, “अहिले होटल सञ्चालन गर्दा गेष्ट छैनन्, होटल सञ्चालनको खर्च नै महङ्गो पर्न आउँछ, मर्मतसम्भार, कर्मचारी व्यवस्थापनमा बत्ती, पानीलगायतका कुराले गर्दा दैनिक आर्थिक भार थपिएको छ । मौद्रिक नीतिबाट कर्जा दिने सरकारको निर्णयको कार्यान्वयन छिटो हुनसके केही सहज हुने अपेक्षा गरेका छौँ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले