प्रेम सुनार/साउन ११, गुल्मी । गए राती अविरल वर्षा संगै गएको  पहिरोले घर  पुरिदा  गुल्मीमा ५ जनाको मृत्यु भएको छ ।  गुल्मीको हस्तीचौरमा ३ जनाको र विशुखर्कमा २ सहित ५  जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन ११, गुल्मी । गए राती अविरल वर्षा संगै गएको  पहिरोले घर  पुरिदा  गुल्मीमा ५ जनाको मृत्यु भएको छ ।  गुल्मीको हस्तीचौरमा ३ जनाको र विशुखर्कमा २ सहित ५  जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको"/>
2026-09-01 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोले पुरिएर गुल्मीमा ५ को मृत्यु, २५ घर परिवार पहिरोमै थुनिएपछि उद्दार गरिदिन हारगुहार

प्रेम सुनार/साउन ११, गुल्मी । गए राती अविरल वर्षा संगै गएको  पहिरोले घर  पुरिदा  गुल्मीमा ५ जनाको मृत्यु भएको छ ।  गुल्मीको हस्तीचौरमा ३ जनाको र विशुखर्कमा २ सहित ५  जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको हो ।

त्यस कार्यालया प्रवक्ता  डिएसपी महेन्द्र नेपालले दिएको जानकारी अनुसार हस्तीचौर १ मल्दीका भिमबहादुर दर्जीको पहिरोले घर बगाउँदा उनी ४९ वर्षिया श्रीमति तुल्सी दर्जी, १९ वर्षिया वुहारी अस्मीता दर्जी र ६२ वर्षिय दिदी कालिका दर्जीको मृत्यु भएको हो ।  त्यस परिवार सहित मल्दीको सारु टोल सम्मका १० वटा घर उच्च जोखिममा रहेको स्थानियले बताएका छन् ।

त्यस्तै विशुखर्क ९ का गोपाल रानाका ८ वर्षिय छोरा सुजन राना र ६ ववर्षिया छोरी सिमना रानाको पनि पहिरोले पुरेर मृत्यु भएको छ । असार २९ गते देखि लगातार परेको अविरल वर्षा जम्मा एक दिन साउन ८ गते मात्र रोकिएको थियो ।

त्यस दिन वाहेक लगातार गुल्मी र यस आसपासमाका जिल्लाहरुमा अविरल वर्षा भई रहेको छ । केहि दिन अघि हस्तीचौंरको सोही स्थानमा एक एक परिवारको घर बगाउँदा  एक जनाको ज्यान गएको थियो । त्यस्तै दोहली ५ का १६  वर्र्षिया  सन्देश रिजाल मामाघर पौदीअमराई जाँदै गर्दा  फुर्से पहिरोमा चिप्लीएर निस्तेखोलाले बगाएर मृत्यु भएको छ ।

रातैभर र अहिले विहान सम्म अविरल वर्षाले पुराएको क्षतिको विवरण लिन समेत प्रहरी र सञ्चारकर्मीलाई समस्या भई रहेको छ । विद्युत अवरुद्ध हुनुका साथै फोनले राम्ररी काम नगर्दा समस्या भएको हो ।

बडिघाट खोला खोला लाईनको उल्लीखोलाका ५० भन्दा बढि घर वस्ती डुवानको खतरामा रहेका छन् । रिडीमा पनि तिन घर उच्च जोखिममा रहेको बताईएको छ । लगतारको वर्षाले यहाँको दैनिक जनजिवन समेत कस्टकर बन्दै गई रहेको छ । सदरमुकाम तम्घास देखि पश्चिम गुल्मीको यातयात सेवा ठप्प प्राय रहेको छ । 

तानसेन तम्घास सडक खण्ड वाहेक जिल्लाका तिन वटै क्षेत्रका भित्री सडकहरु पनि अवरुद्ध रहेका छन् ।   उद्धार कार्यमा स्थानिय प्रहरी चौकीलाई सुचित गरिएको र आवस्यक स्थानमा जिल्ला प्रहरी कार्यालय लगायतका सुरक्षा निकायहरु  खटाईने प्रहरीले बताएको छ ।

२५ घर परिवारलाई पहिरोले बन्धक बनायो

यसै विच यो समाचार तयार पार्दापार्दै गुल्मीको बडागाउँ–६को जलुके गाउँका झण्डै २५ घरधुरी चारै तिरबाट बग्दै गरेको पहिरोको विचमा परेर हारगुहार गरी रहेका छन् ।

जलुकेका दुर्गाबहादुर खड्का, पृथबहादुर खडका गोविन्द खडका, नरबहादुर खड्का वलबहादुर खड्का  दानबहादुर खड्का आत्माराम न्यौपाने सहित २५ भन्दा बढि परिवारको  घर पहिरोले चारै तिरबाट घेरेर ज्यान जोगाउन वल्लो–पल्लो गाउँमा समेत जान नसकेर रुवावासी गरी रहेको दुर्गाबहादुर खड्काले बताए ।

उनले भने–‘हामी सिङ्गो गाउँवासी चारै तिरबाट गएको पहिरोले निसास्सीएर बसेका छौं । केहि वालवालिकाहरुलाई बोकेर  पारी पेंगाको गाउँ तार्ने कोशिस गरिए पनि पहिरोले बिचमै बन्धक बनाएको छ  । उता छिमेकी अर्को गाउँ वडा नम्वर ७ को थुम्का तिर जाने बाटो पनि पहिरोले बगाएको छ ।  हामी विचमा अलपत्र छौं , उद्धारका लागि प्रहरी प्रशासन संग गुहार मागी दिनु प¥यो । ’

यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको ध्यानकृष्ट गराउँदा उनले तत्काल उद्दार कार्यका लागि आफुले स्थानियवासी संग सम्पर्क राखेर सुरक्षा निकाय तैनाथ गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन