प्रेम सुनार/साउन ११, गुल्मी । गए राती अविरल वर्षा संगै गएको  पहिरोले घर  पुरिदा  गुल्मीमा ५ जनाको मृत्यु भएको छ ।  गुल्मीको हस्तीचौरमा ३ जनाको र विशुखर्कमा २ सहित ५  जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन ११, गुल्मी । गए राती अविरल वर्षा संगै गएको  पहिरोले घर  पुरिदा  गुल्मीमा ५ जनाको मृत्यु भएको छ ।  गुल्मीको हस्तीचौरमा ३ जनाको र विशुखर्कमा २ सहित ५  जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको"/>
2026-10-27 07:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोले पुरिएर गुल्मीमा ५ को मृत्यु, २५ घर परिवार पहिरोमै थुनिएपछि उद्दार गरिदिन हारगुहार

प्रेम सुनार/साउन ११, गुल्मी । गए राती अविरल वर्षा संगै गएको  पहिरोले घर  पुरिदा  गुल्मीमा ५ जनाको मृत्यु भएको छ ।  गुल्मीको हस्तीचौरमा ३ जनाको र विशुखर्कमा २ सहित ५  जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको हो ।

त्यस कार्यालया प्रवक्ता  डिएसपी महेन्द्र नेपालले दिएको जानकारी अनुसार हस्तीचौर १ मल्दीका भिमबहादुर दर्जीको पहिरोले घर बगाउँदा उनी ४९ वर्षिया श्रीमति तुल्सी दर्जी, १९ वर्षिया वुहारी अस्मीता दर्जी र ६२ वर्षिय दिदी कालिका दर्जीको मृत्यु भएको हो ।  त्यस परिवार सहित मल्दीको सारु टोल सम्मका १० वटा घर उच्च जोखिममा रहेको स्थानियले बताएका छन् ।

त्यस्तै विशुखर्क ९ का गोपाल रानाका ८ वर्षिय छोरा सुजन राना र ६ ववर्षिया छोरी सिमना रानाको पनि पहिरोले पुरेर मृत्यु भएको छ । असार २९ गते देखि लगातार परेको अविरल वर्षा जम्मा एक दिन साउन ८ गते मात्र रोकिएको थियो ।

त्यस दिन वाहेक लगातार गुल्मी र यस आसपासमाका जिल्लाहरुमा अविरल वर्षा भई रहेको छ । केहि दिन अघि हस्तीचौंरको सोही स्थानमा एक एक परिवारको घर बगाउँदा  एक जनाको ज्यान गएको थियो । त्यस्तै दोहली ५ का १६  वर्र्षिया  सन्देश रिजाल मामाघर पौदीअमराई जाँदै गर्दा  फुर्से पहिरोमा चिप्लीएर निस्तेखोलाले बगाएर मृत्यु भएको छ ।

रातैभर र अहिले विहान सम्म अविरल वर्षाले पुराएको क्षतिको विवरण लिन समेत प्रहरी र सञ्चारकर्मीलाई समस्या भई रहेको छ । विद्युत अवरुद्ध हुनुका साथै फोनले राम्ररी काम नगर्दा समस्या भएको हो ।

बडिघाट खोला खोला लाईनको उल्लीखोलाका ५० भन्दा बढि घर वस्ती डुवानको खतरामा रहेका छन् । रिडीमा पनि तिन घर उच्च जोखिममा रहेको बताईएको छ । लगतारको वर्षाले यहाँको दैनिक जनजिवन समेत कस्टकर बन्दै गई रहेको छ । सदरमुकाम तम्घास देखि पश्चिम गुल्मीको यातयात सेवा ठप्प प्राय रहेको छ । 

तानसेन तम्घास सडक खण्ड वाहेक जिल्लाका तिन वटै क्षेत्रका भित्री सडकहरु पनि अवरुद्ध रहेका छन् ।   उद्धार कार्यमा स्थानिय प्रहरी चौकीलाई सुचित गरिएको र आवस्यक स्थानमा जिल्ला प्रहरी कार्यालय लगायतका सुरक्षा निकायहरु  खटाईने प्रहरीले बताएको छ ।

२५ घर परिवारलाई पहिरोले बन्धक बनायो

यसै विच यो समाचार तयार पार्दापार्दै गुल्मीको बडागाउँ–६को जलुके गाउँका झण्डै २५ घरधुरी चारै तिरबाट बग्दै गरेको पहिरोको विचमा परेर हारगुहार गरी रहेका छन् ।

जलुकेका दुर्गाबहादुर खड्का, पृथबहादुर खडका गोविन्द खडका, नरबहादुर खड्का वलबहादुर खड्का  दानबहादुर खड्का आत्माराम न्यौपाने सहित २५ भन्दा बढि परिवारको  घर पहिरोले चारै तिरबाट घेरेर ज्यान जोगाउन वल्लो–पल्लो गाउँमा समेत जान नसकेर रुवावासी गरी रहेको दुर्गाबहादुर खड्काले बताए ।

उनले भने–‘हामी सिङ्गो गाउँवासी चारै तिरबाट गएको पहिरोले निसास्सीएर बसेका छौं । केहि वालवालिकाहरुलाई बोकेर  पारी पेंगाको गाउँ तार्ने कोशिस गरिए पनि पहिरोले बिचमै बन्धक बनाएको छ  । उता छिमेकी अर्को गाउँ वडा नम्वर ७ को थुम्का तिर जाने बाटो पनि पहिरोले बगाएको छ ।  हामी विचमा अलपत्र छौं , उद्धारका लागि प्रहरी प्रशासन संग गुहार मागी दिनु प¥यो । ’

यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको ध्यानकृष्ट गराउँदा उनले तत्काल उद्दार कार्यका लागि आफुले स्थानियवासी संग सम्पर्क राखेर सुरक्षा निकाय तैनाथ गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला