2026-09-10 12:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ११ प्रक्रिया पुरा गरेपछि पाइन्छ वैदेशिक रोजगार वोर्डको कोषबाट निशुल्क हवाई टिकट

साउन २३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि गई कोरोना भाइरसका कारण अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कनको लागि निःशुल्क हवाई टिकटको लागि आवेदन दिन सक्ने भएका छन् । विभिन्न देशमा श्रम स्वीकृति लिएर गएका नेपालीहरुले स्वदेश फर्कने इच्छा भए निवेदन दिन सक्नेछन् । 

वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारहरूको उद्वार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ अनुसार वैदेशिक रोजगार बोर्डको कोषबाट हवाई टिकट पाउने व्यवस्था गरेको छ ।

टिकटका लागि आवेदन दिन सक्ने व्यक्तिहरू नेपालबाट श्रम स्वीकृति लिएर आएको तीन वर्ष ननाघेको हुनुपर्ने हुन्छ । सम्बधित गन्तव्य मुलुकको सरकार वा रोजगारदाता, रोजगारीमा पठाउने ईजाजतपत्रवाला संस्था वा अन्य श्रोतबाट हवाई टिकट खर्च नपाएको वा आफ्नै खर्चमा नेपाल फर्कन नसक्ने अवस्थाको कामदारले आवदेन दिन सक्नेछन् ।

साथै, थुनामा परी आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारहरूले समेत आवेदन दिन सक्नेछन् । टिकट प्राप्त गर्ने व्यक्तिहरूको चयन प्राथमिकताका आधारमा गरिने बताएको छ ।

पहिलो सजायबाट आममार्फी पाएका, डिटेन्सन सेन्टरमा रहेका र हाल नेपाल जान अनुमति प्राप्त भएका नेपाली प्राथमिकतामा पर्ने छन् । जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका वा रोजगारी गुमाएका पनि प्राथमिकतामा पर्ने दूतावासले बताएको छ ।

रोजगारमा गएको एक वर्षभन्दा कम अवधिमा रोजगारी गुमाएकाले सम्पूर्ण खर्च पाउनेछन् । एक वर्षदेखि तीन वर्षभित्रको समयमा रोजगारी गुमाएकाले ७५ प्रतिशत खर्च पाउनेछन् ।

पुनः श्रम स्वीकृति लिई गएको कामदारको हकमा ५० प्रतिशत र श्रम स्वीकृतिको अवधिभित्र थुनामा परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारको हकमा सम्पूर्ण खर्च पाइने दुतावासले बताएको छ ।

कुनै निकायबाट आंशिक सहयोग प्राप्त भएको भएमा बाँकी अपुग रकम पाइने व्यवस्था भएको सूचनामा उल्लेख छ । विमानस्थलदेखि क्वारेण्टिन सेन्टरसम्म जान लाग्ने सम्पूर्ण खर्चको सुविधा रहेको बताइएको छ ।  नेपाली राजदूतावासमा स्वयं उपस्थित भई वा राजदूतावासको इमेल, हटलाईन नम्बर वा ह्वाट्स एपमार्फत् पनि निवेदन पेश गर्न सकिने सुविधा रहेको छ ।

टिकटको लागि निवेदनका साथै राहदानी र रोजगारी करार पत्रको प्रतिलिपि पनि संलग्न गर्न आवश्यक छ ।

आवेदनकर्ताहरूको आवेदनमाथि आवश्यक जाँचबुझ गरी निजहरूको विवरण परराष्ट्र मन्त्रालयमार्फत् वैदेशिक रोजगार बेर्डमा पठाइनेछ । बाेर्डको कोषबाट रकम निकासा भएपश्चात् हवाई टिकट उपलब्ध गराइनेछ ।

टिकट उपलब्ध नगराउने रोजगारदाताले आगामी दिनमा थप कामदार माग गरेमा निजको माग पत्र पाँच वर्षसम्म प्रमाणीकरण नगर्ने नीति लिईएको छ । 

वैदेशिक रोजगार वोर्डको कोषबाट हवाई टिकट पाउने ११ प्रक्रिया 

१. कामदारले राजदुतावासमा आवश्यक कागजात सहित निवेदन दिने 

२. हवाई टिकट पाउन योग्य कामदारहरुको राजदुतावासले विवरण तयार गरी म्यानपावर कम्पनीमा पठाउने 

३. म्यानपावर कम्पनीले सम्बन्धित रोजगारदाताबाट रोजगार करार बमोजिम सेवा सुविधा र हवाई टिकट उपलब्ध गराउन पहल गर्ने 

४. म्यानपावर कम्पनीले सम्बन्धित रोजगारदाताबाट हवाई टिकट प्राप्त गरेका र नगरेका व्यक्तिहरुको विवरण र आफूले प्राप्त गरेको प्रयासको सम्बन्धमा राजदुतावासमा प्रतिवेदन पेश गर्ने 

५. राजदुतावासले सम्बन्धित रोजगारदाताबाट टिकट प्राप्त नभएका व्यक्तिहरु मध्ये छानवीन गरी कोषको रकमबाट उद्दार हुनुनपर्ने व्यक्तिहरुमध्ये छानवीन गरी कोषको रकमबाट उद्दार हुनुपर्ने व्यक्तिहरुको सूची तयार गर्ने 

६. राजदुतावासले कोषको रकमबाट टिकट पाउन योग्य व्यक्तिहरुसँग आवश्यक कागजातहरु माग गर्ने 

७. कोषको रकमबाट टिकट पाउन योग्य व्यक्तिहरुको विवरण वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (FEMIS) मा समेत रुजु गरी प्रमाणित गर्ने 

८. कोषको रकमबाट टिकट पाउन योग्य व्यक्तिहरुको विवरण पर राष्ट्र मन्त्रालय मार्फत वैदेशिक रोजगार बोर्डमा पठाउने 

९. राजदुतावासले पठाएको विवरणको आधारमा वोर्डले हवाई टिकटको रकम उपलब्ध गराउने

१०. बोर्डबाट रकम प्राप्त भएपछि राजदुतावासले टिकट उपलब्ध गराउने 

११. रोजगार करार बमोजिमको सेवा, सुविधा र हवाई टिकट उपलब्ध नगराउने रोजगारदाताको अभिलेख राख्ने र सो रोजगारदाताको पाँच वर्षसम्म कामदार मागपत्र प्रमाणीकरण नगर्ने  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो