2026-09-12 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सीमामा राजश्व चुहावट नियन्त्रण समितिको बैठक

भदौ ७, बैतडी । बैतडीमा शनिबार राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ ।  सीमानाका झुलाघाटमा सम्पन्न बैठकले अवैधरूपमा हुने चोरी निकासी नियन्त्रण गर्ने निर्णय गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप र राजश्व चुहावट नियन्त्रणबारे छलफल भएको छ ।”

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा, सहायक प्रमुख जिल्ला अधिकारी नेगी, प्रहरी प्रमुख नारायणप्रसाद अधिकारी, सशस्त्र प्रहरी प्रमुख गणेशबहादुर शाह, महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख सुभाष पौडेललगायतको सहभागिता थियो । 

बैठकमा सीमानाका बन्द रहेका बेला पनि अवैधरूपमा भइरहेको चोरी निकासी नियन्त्रणमा जोड दिइनेबारे छलफल भएको छ । झुलाघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापनापश्चात अवैध निकासी नियन्त्रण गर्न सहज भएको बताइएको छ ।  गत चैत ११ गतेदेखि लकडाउन भएकाले सीमानाका पनि बन्द रहेका छन् । 

सीमानाका बन्द रहेका बेला पनि भारतीय सामग्री आयात भइरहेको पाइएको छ । प्रहरी र सशस्त्र प्रहरीले लकडाउनकै बेला पनि अवैध सामग्री बरामद गरिसकेको छ । सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न र राजश्व चुहावट नियन्त्रण गर्न बैठक फलदायी रहेको बताइएको छ ।  

सदरमुकाम क्षेत्र सुनसान 

गएको तीन दिनदेखि बैतडी सदरमुकाम क्षेत्र सुनसानजस्तै बनेको  छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा भदौ ४ गतेदेखि लकडाउन गरेको हो । भदौ १५ गतेसम्म हुने लकडाउन अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द रहने नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । नगरक्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइएको छ । यस्तै नगर क्षेत्रभित्रका बैंकलाई आइतबार, मङ्गलबार र बिहीबार हप्ताको तीन दिन मात्रै खुला राखिनेछ । 

यसैगरी गौरापर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाइ पसल र कपडा पसल बिहान ७ देखि १० बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म मात्रै खुला राखिएका छन् । यस्तै धार्मिकस्थलमा नित्य पूजाबाहेक भीडभाड हुने खालका सबै जात्रा, मेला स्थगन गरिएका छन् भने चाडपर्व आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ । नगर क्षेत्रभित्र सबै प्रकारका भेला, गोष्ठी, तालिम, बैठक र सेमिनारमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिका र ११ वटै वडा कार्यालयले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएका छन् । नगरपालिकाले गरेको निर्णयको कसैले उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन