2026-10-27 04:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट विदामा आएकाहरुले पुन: स्वीकृति लिन के-के पेश गर्नुपर्छ, शुल्क कति ?

सास | वैदेशिक रोजगारमा गएर विदामा आएकाहरुले पुन: सोहि कम्पनी वा प्रवेशाज्ञाको अवधि बाँकी छंदै सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाता परिवर्तन गरेर नयाँ कम्पनीमा रोजगारीमा जान सक्दछन् । जसको लागि पुन: स्वीकृति लिएर जानुपर्ने हुन्छ । यसरी विदेशबाट विदामा आएका धेरै नेपालीहरुले हामीलाई यसको प्रक्रियाबारे सोध्नुभएको छ । 

जसको लागि सर्वप्रथम https://feims.dofe.gov.np/Individual-ReEntry-Registration.aspx लिंकमा क्लिक गरि आवश्यक विवरण भर्ने र निवेदन दिनुपर्छ । 

त्यसपछि पुन: स्वीकृति लिन काठमाडौँको ताहाँचलस्थित कार्यालय वा काठमाडौँबाहिर प्रदेश नम्बर १ को विराटनगर स्थित श्रम कार्यालय, प्रदेश २ को जनकपुरस्ठित श्रम कार्यालय, गण्डकी प्रदेशको पोखरा स्थित कार्यालय, प्रदेश ५ को बुटवलस्थित कार्यालय, कर्णाली प्रदेशको सुर्खेतस्थित कार्यालय र सुदुरपस्चिमको धनगढी स्थित कार्यालय जानुपर्दछ । 

पुन: श्रम स्वीकृति लिन पेश गर्नुपर्ने कागजात 

१. तोकिएको ढांचामा अनलाइन निवेदन 

२. राहदानी र सोको प्रतिलिपि (भ्यालिड) 

३. प्रवेशाज्ञा (भिषा) 

४. प्रवेशाज्ञाको अवधि बाँकी छंदै सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाता परिवर्तन भएमा नयाँ रोजगारदातासँग गरेको करार/सम्झौता पत्रको प्रतिलिपि  (यदी सक्कल प्रति उपलब्ध हुन नसकेको अवस्थामा सम्बन्धित देशस्थित नेपाली राजदुतावासबाट Dofe को मेलमा प्राप्त हुनुपर्ने)

५. पुन: श्रम स्वीकृति माग गरेको देशमा जान यस अघि श्रम स्वीकृति लिएको निस्सा | सो नभए बैदेशिक रोजगार बिभागको वेबसाइटमा रहेको अभिलेखको प्रिन्ट कपी 

६. अध्यागमन कार्यालयको प्रस्थान र आगमन हुँदाको छाप (सम्भव भएसम्म) 

७. कल्याणकारी कोषमा रकम बुझाएको भौचर

८. करार अवधि समेट्ने गरी म्यादी जीवन विमा गरेको कागजात 

९. रोजगार सम्झौतापत्र वा अफर लेटर (सोहि मुलुकको कम्पनी परिवर्तन भएको अवस्थामा) 

१०. घरेलु कामदारको हकमा सम्बन्धित देशस्थित नेपाली राजदुतावास वा नियोगबाट अनुसूची ८ बमोजिमको सिफारिस पत्र

११. निजको वा नजिकको हकवालाको बैंक खाता नम्बर मोबाइल नम्बर र इमेल ठेगाना 

कति शुल्क लाग्छ ? 

प्रति व्यक्ति रु. १५००/- का दरले कल्याणकारी कोषमा रकम जम्मा गर्ने/करार अवधि सम्मको लागि विमा समितिले तोके बमोजिमको शुल्क 

कति समय लाग्छ ? 

सबै प्रक्रिया पुरा गरि पेश गरेको तीन कार्य दिनमा प्राप्त गर्न सकिन्छ 

थप जानकारीको लागि 

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार कार्यालय, ताहाचल, काठमाण्डौ, नेपाल

टेलिफोन: + 977-1-4030667 

फ्याक्स: + 977-1-4030669

इमेल: [email protected]

वेबसाइट: http://feo.gov.np/

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला