Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानका ग्रामीण सडक अवरुद्ध

२०७७, १५ भाद्र सोमबार ०८:३७

भदौ १५, झिमरुक । वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएका कारण प्यूठानका ग्रामीण सडक अवरुद्ध भएका छन् । सवारीसाधन नचल्दा ऐरावती गाउँपालिकाका सिख्रे तिग्रापातल, तिल्केनी, चुत्रेनी जाबुनलगायतका नागरिकले समस्या  भोग्दै आएका छन् । यहाँ हिउँदको समयमा मुश्किलले सवारीसाधन आवतजावत गरे तापनि वर्षात्का समयमा सवारीसाधन चल्दैनन् । आर्थिक वर्ष २०७३/०७४ बाट सडक डिभिजन कार्यालयले माण्डवी र ऐरावती गाउँपालिका जोड्ने चेरनेटा–चीन–जाबुने सडकखण्ड स्तरोन्नति गर्न लागेपछि सडकमा गाडी गुड्न पाएका छैनन् । 

शुरुमा माटो र ढुङ्गाको उचित व्यवस्थापन नहुँदा सवारी सञ्चालनमा आउनसकेका थिएनन् । तिग्रापातलवासीले ठेकेदारका कारण समस्या भएको जनाउँदै इलाका वन कार्यालय बरौलामा मौखिक निवेदन दिएपछि रोकिएको निर्माणको काम माग पूरा गर्ने सर्तमा पुनःसञ्चालन भएको थियो । 

वर्षातका समयमा पानीको मात्रा बढेसँगै नयाँ सड्क भत्किनुका साथै ठाउँठाउँमा पहिरो गएको छ । वर्षात्का कारण माटो, ढुङ्गा अत्यधिकमात्रामा खोलामा मिसिन गई तिग्रा, धुवाङ्ग, कैरन बस्तीनै सङकटमा परेपछि स्थानीयवासीको विरोधका कारण रोकिएको काम अझै शुरु हुन सकेको छैन । 

सडकमा रहेको ढुङ्गा माटो र पहिराका कारण मोटरसाइकलसमेत आवतआवत गर्नसक्ने अवस्था नरहेको स्थानीय तिल्केनी टोल विकास संस्थाका अध्यक्ष सञ्जितकुमार गुरुङले बताउनुभयो । गाउँघरमा कोही बिरामीलाई अस्पताल पुर्याउनसमेत कठिनाइ भएको उहाँको भनाइ छ । 

सडक डिभिजन कार्यालयका अनुसार करीब १९ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु आठ करोड बजेट विनियोजन भएको थियो । हालसम्म रु चार करोड बराबरको काम भइसकेको सडक डिभिजन कार्यालयका इञ्जिनीयर अर्जुन खत्रीले जानकारी दिनुभयो । वर्षात्को समयमा चौतर्फी विरोध भएपछि केही समय काम स्थगित गरिएको उहाँको भनाइ छ । 

चेरनेटा–चिन–जाबुने सडकखण्ड एउटा उदाहरण मात्र हो । ऐरावती गाउँपालिकाकै बरौला–नार्सिनेटा–दाङवाङ जोड्ने सड्क पनि अहिले अवरुद्ध छ । यहाँका स्थानीयवासीलाई सडक अवरुद्ध हुँदा आवातजावतमा समस्या परेको छ । अत्यावश्यक काममा जानुपरेमा वा कोही बिरामी भएमा  घुमाउरो सडकमार्फत अस्पताल पुर्याउने गरिएको स्थानीयवासी बताउँछन् । वर्षात्का समयमा जिल्लाका ग्रामीण क्षेत्रका विभिन्न कच्ची सडक अवरुद्ध हुन्छन् । थोरै बजेटमा जनताले सडक गाउँमा पुर्याउन खोज्नु, व्यवस्थितरुपमा सडक निर्माण नहुनु तथा सडकमा नाली निर्माण नगरिनुले ग्रामीण सडक अवरुद्ध हुने गरेका बताइएको छ । 

यस्तै झिमरुक गाउँपालिकाभित्रका भित्री शाखाका सडक पनि वर्षात्को समयमा अवरुद्ध छन् ।  गौमुखी गाउँपालिकाका पनि अर्खा, गौमुखी जाने सडक पनि तथा नौवहिनी गाउँपालिकाका बाहाने–स्याउलीबाङ, बाहाने–लिगा, बल्लेखोला–मैरामारे सडकखण्ड पनि अवरुद्ध रहेका छन् । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै