Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश सरकारद्वारा कोरोना अस्पतालमा जनशक्ति र बजेट स्वीकृत

२०७७, १८ भाद्र बिहीबार ०९:२०

भदौ १८, बुटवल । प्रदेश नं ५ सरकारले कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि व्यवस्था गरिएका स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन र उनीहरुको तलब भत्ताका लागि आवश्यक बजेटको व्यवस्थापन गरेको छ । 

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालित आइसोलेशन अस्पतालको जनशक्ति र बजेट स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । 

बैठकले ५८३ जना जनशक्ति र उक्त जनशक्तिका लागि आवश्यक तलबभत्ताका लागि रु तीन करोड ९६ लाख ३२ हजार २८० निकासा गर्ने निर्णय गरेको छ । यो रकम तीन महिनाको लागि हो । करार सेवामा भर्ना भएका जनशक्तिले प्रदेश निजामती सेवाअन्तर्गतका कर्मचारीले पाएसरहको सेवासुविधा पाउनेसमेत व्यवस्था गरिएको छ । 

बैठकले लुम्बिनी प्रादेशिक अस्पताल, धागो कारखानामा सञ्चालित कोरोना उपचार अस्थायी अस्पतालका लागि १८ आइसियु, २० एचडी श्यया, ३६ आइसोलेशन श्यया गरी कूल ७४ रहने र त्यसका लागि १८९ जना जनशक्ति राख्ने व्यवस्थासहित दरबन्दी स्वीकृत गरेको प्रेस सल्लाहकार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि सरकारले रु तीन करोड ९६ लाख ३२ हजार २८० निकासा गर्ने निर्णय गरेको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालका लागि रु एक करोड ७५ लाख ११ हजार ९६० बजेटसमेत स्वीकृत गरी निकासा गर्ने निर्णय गरेको छ ।

यस्तै रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा पाँच आइसियु, १३ एचडी श्यया, नौ आइसोलेशन गरी २७ रहने र त्यसका लागि ७१ जना जनशक्ति तथा रु ६४ लाख ४७ हजार ९६० बजेटसमेत स्वीकृत गरी निकासा गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले दाङस्थित केन्द्रीय आर्युवेद बेलझुण्डीमा १० आइसियु, १७ एचडी श्यया र ५८ आइसोलेशन श्यया गरी ८५ श्यया रहने र त्यसका लागि १७१ जनशक्ति तथा रु एक करोड ५६ लाख ७२ हजार ३६० बजेट निकासा गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपालगञ्जस्थित भेरी अस्पताल बाँकेमा १० आइसियु, ३० एचडी श्यया र २० आइसोलेशन श्यया गरी ६० रहने र त्यसका लागि १५२ जना जनशक्ति राख्न स्वीकृति प्रदान गर्ने तथा त्यसका लागि रु एक करोड ४० लाख ७२ हजार ६४० निकासा गर्ने निर्णय गरिएको बताइएको छ ।

बैठकले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवा र इञ्जिनीयरिङ सेवाका रिक्त पदमा खुला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न प्रदेश लोकसेवा आयोगमा माग गरी पठाउन स्वीकृति प्रदान गरेको छ । यसअन्तर्गत स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौँ ४९, नर्सिङ अधिकृत सातौँ ११, फिजिओथेरापिस्ट सातौँ पाँच र मेडिकल ल्याब टेक्नोलोजिष्ट सात जना गरी ७२ जना, इञ्जिनीयरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल पाँच, सिँचाइ आठ, सेनेटरी एक विल्डिङ आर्किटेक्टर १३, मेकानिकल पाँच, इञ्जिनीयर सिभिल दुई र हाइड्रो जिओलोजिस्ट एक जना गरी ५३ जना रहेका छन् ।

यस्तै बैठकले प्रदेश नं ५ औद्योगिक व्यवसाय ऐन २०७५ मा संशोधन र एकीकरणसम्बन्धी कानूनी व्यवस्था गर्न बन्ने विधेयकका सम्बन्धमा तयार गरिएको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, भूमिगत जल सिँचाइ आयोजना कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत गर्ने, विज्ञान प्रविधि तथा बहुप्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्नेलगायत निर्णय गरेको प्रेस सल्लाहाकार केसीले जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ । 

बैठकले दाङमा प्रस्तावित नेत्रलाल अभागी रङ्गशाला निर्माणको योजना प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत कार्यान्वयन गर्न स्वीकृति पनि प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै