२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

दिमिक युथ क्लबका युवाहरु उदारणीय कार्यमा अग्रसर

२०७७, ३० भाद्र मंगलवार ०६:०८

भदौ ३०, स्याङ्जा । स्याङ्जाको दिमिक युथ क्लबले भने भौतिक दूरी कायम गर्दै न्यून विद्यार्थीहरुको विभिन्न सिफ्ट बनाएर करिब एक महिनासम्म नि:शुल्क कक्षा सञ्चालन गरेको छ । विद्यार्थीहरुलाई चौतारी एवं खुला क्षेत्र,सामुदायिक भवनहरुमा राखेर क्लबकै शिक्षा समितिद्वारा करिब एक महिनासम्म नि:शुल्क कक्षा सञ्चालन गरिएको हो ।

माक्स,सेनिटाईजर,साबुनपानी लगायतका स्वास्थ्य सामग्रीसहितको सतर्कताका साथमा न्यून विद्यार्थीहरुको विभिन्न सिफ्ट बनाएर  कक्षा सञ्चालन क्लबका अध्यक्ष ढाकाराम भट्टराईले जानकारी दिए । कोभिड-१९ ले सिर्जना गरेको समस्याका कारण बालबालिकाहरुको औपचारिक पठनपाठन पुर्ण रुपले ठप्प नहोस् भनेर क्लवको सक्रियतामा अभिभावकहरु र बालबालिकाहरुका विभिन्न समस्याहरु र गुनासाहरुलाई मध्यनजर राख्दै अध्ययन सहजीकरण गरिएको भट्टराईले बताए ।


भौतिक दूरी कायम गर्दै माक्स,सेनिटाईजर,साबुनपानी लगायतका स्वास्थ्य सामग्रीसहितको सतर्कताका साथ नि:शुल्क कक्षा सञ्चालन गरिएको थियो क्लबका अध्यक्ष भट्टराईले भने 'तर अहिले भने जिल्लाका विभिन्न समुदाय स्तरमा कोरोना फैलिएकोले कारणले गर्दा जिल्ला र नगर प्रशासनका आदेशहरु शिरोधार्य गर्दा पठनपाठन पुनः सञ्चालनमा अप्ठ्यारो परेको छ।' 

कोरोना महामारीको अवस्था सामान्य हुँदै गएपछि आगामी दिनमा पनि आफ्ना क्षेत्रमा रहेका विभिन्न बिद्यालयहरुमा अध्ययरत बाबुनानीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलाप र शैक्षिक गतिविधिद्वारा फेरी जोड्ने योजना रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु