रामपुर (पाल्पा), १३ साउन । अविरल वर्षाले कालीगण्डकी नदीमा बाढी आउँदा नदी आसपासका ७६ रोपनी खेतमा ठूलो क्षति पुगेको छ । नदी आसपासमा रहेका खेतीयोग्य जमिन बाढीले पुरिँदा, बगाउँदा किसान चिन्तामा परेका छन् । 

रामपुर नगरपालिका–१ स्थित तिलडाँडामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रामपुर (पाल्पा), १३ साउन । अविरल वर्षाले कालीगण्डकी नदीमा बाढी आउँदा नदी आसपासका ७६ रोपनी खेतमा ठूलो क्षति पुगेको छ । नदी आसपासमा रहेका खेतीयोग्य जमिन बाढीले पुरिँदा, बगाउँदा किसान चिन्तामा परेका छन् । 

रामपुर नगरपालिका–१ स्थित तिलडाँडामा "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कालीगण्डकीले ७६ रोपनी खेत बगायो

१३ श्रावण २०७३, बिहीबार ०२:२९

रामपुर (पाल्पा), १३ साउन । अविरल वर्षाले कालीगण्डकी नदीमा बाढी आउँदा नदी आसपासका ७६ रोपनी खेतमा ठूलो क्षति पुगेको छ । नदी आसपासमा रहेका खेतीयोग्य जमिन बाढीले पुरिँदा, बगाउँदा किसान चिन्तामा परेका छन् । 

रामपुर नगरपालिका–१ स्थित तिलडाँडामा ४२ रोपनी, वडा नं १४ मा आठ रोपनी, वडा नं १५ मा १३ रोपनी र गजरकोटको गाडापानीमा १३ रोपनी खेतमा नदीले पूर्णरुपमा क्षति पु¥याएको छ । 

त्यस्तै, साँखरको बर्खेघाटका खेतमा नदीले कटान गरेको छ । एक्कासि नदीमा बाढी आएपछि खेतमा लगाएको रोपो सबै पुरिएको छ । “धान रोपेर हरियो नहुँदै बाढीले सबै खेती नोक्सान पुर्यायो, वर्षदिन खाने खेती अब कसरी जीविका चलाउने भन्ने चिन्ताले सताएको छ” कृषक लक्ष्मण पन्तले भन्नुभयो । 

उहाँलाई मात्रै होइन अर्का किसान ठाकुर पाण्डेलाई पनि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ । कालीनदीको बाढी खेतमा पसेर रोपोमा क्षति पुग्दा ठूलो नोक्सान बेहोर्नु परेको छ । “किसानलाई कहिले पानी आएर नोक्सान, कहिले नआएर नोक्सान बेहोर्नु परिराखेको छ”, उहाँले गुनासो गर्नुभयो । 

रामपुर–१४ का एक दर्जन जति किसानका खेत कालीगण्डकी नदीले कटान गरेको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान