२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीका स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा

४ आश्विन २०७७, आईतवार ०४:४४

असोज ४, भजनी । कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाको पठनपाठनका लागि कैलालीका स्थानीय तहले प्रक्रिया शुरु गरेका छन् । सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गरेसँगै कैलालीको टीकापुरलगायतका स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको वैकल्पिक माध्यमबाट पठनपाठनका लागि प्रक्रिया शुरु गरेका हुन् । असोज १ गतेबाट विद्यालयहरुले विद्यार्थी भर्ना कार्यक्रम शुरु गरेका छन् । लामो समयसम्मको बन्दका कारण विद्यालय जानबाट वञ्चित बालबालिका पनि विद्यालय सञ्चालन हुने भएपछि उत्साहित भएका छन् ।

टीकापुर नगरपालिका क्षेत्रभित्रका संस्थागत तथा निजी विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई भर्ना कार्यक्रम, पाठ्यपुस्तक वितरणलगायतका काम शुरु गरेका छन् भने सामुदायिक विद्यालयले पनि भर्ना प्रक्रियालाई अगाडि बढाएका छन् । टीकापुर नगरपालिका शिक्षा शाखाका प्रमुख दमनसिंह चौधरीले टीकापुरको हकमा अनलाइन, अफलाइन, दूरशिक्षालगायतका प्रविधिबाट पठनपाठन शुरु हुने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो । “हामीले विद्यालय सञ्चालनका लागि छलफल शुरु गरेका छौँ । विद्यालय नै खोलेर पठनपाठन गर्न सक्ने अवस्था पनि छैन”, उहाँले भन्नुभयो, “अहिले विद्यार्थी भर्ना तथा अभिलेखीकरणको काम विद्यालयले शुरु गरेका छन् । अभिलेखीकरणको काम सकिएपछि कसरी अगाडि बढ्ने ? भन्ने विषयमा छलफल गरी पठनपाठनलाई सहज गराइने छ ।”

सरकारले यसअघि नै वैकल्पिक अनलाइन तथा रेडियो शिक्षालाई सञ्चालनका लागि आह्वान गरे पनि सबै विद्यालय अनलाइन इन्टरनेटको पहुँचमा नहुँदा नगरपालिकामा शैक्षिक गतिविधि अगाडि नबढेको भन्दै चौधरीले आगामी दिनमा भने आवश्यकतानुसार विद्यार्थीलाई पठनपाठनमा जोड्नका लागि सहजीकरण गरिने बताउनुभयो । टीकापुर नगरपालिकामा ३४ सामुदायिक र ४० निजी तथा संस्थागत विद्यालयमा करिब ४५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

त्यस्तै भजनी नगरपालिकामा पनि पठनपाठन सञ्चालन गर्नका लागि प्रक्रिया अगाडि बढेको नगरपालिकाका शिक्षा शाखा प्रमुख देवराज अवस्थीले बताउनुभयो । उहाँले विद्यार्थीको भर्ना तथा अभिलेखीकरण गर्ने काम शुरु भएको बताउँदै सरकारले जारी गरेका मापदण्डानुसार शैक्षिक गतिविधि अगाडि बढाइने बताउनुभएको छ । “अहिले विद्यार्थीको भर्ना तथा अभिलेखीकरण र पाठ्यपुस्तक वितरणको काम भइरहेको छ”, अवस्थीले भन्नुभयो, “विद्यालयका शिक्षक तथा अभिभावकहरुसँग छलफल भइरहेको छ । सबैको सुझाव सल्लाहका आधारमा विद्यालय सञ्चालनका लागि निर्णय लिनेछौँ ।” भजनी नगरपालिकामा ३९ सामुदायिक र १५  निजी तथा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

उता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का कैलाली जिल्ला अध्यक्ष डिल्लीराज रेग्मीले केही संस्थागत विद्यालयले पहिलेदेखि नै अनलाइन कक्षा सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा हप्तामा दुई विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरणका लागि विद्यालय सञ्चालन गरिने बताउनुभएको छ । उहाँले सीमित विद्यार्थीलाई आलोपालो विद्यालय बोलाएर स्वअध्ययन सामग्री उपलब्ध गराइने र आवश्यक गृहकार्य दिने गरी विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

“हामीले माथिल्लो कक्षाका सीमित विद्यार्थीलाई सामाजिक दूरी कायम हुने गरी विद्यालयमै पठनपाठनको माग गरेका छौँ”, जिल्ला अध्यक्ष रेग्मीले भन्नुभयो, “त्यसो नभए गणित र विज्ञान विषयको कक्षा सञ्चालन गर्न सके पनि केही सहज हुनसक्छ । हामीले शिक्षक र विद्यार्थीलाई आलोपालो गरी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पठनपाठनलाई सहजीकरण गर्ने प्रक्रियामा अगाडि बढेका छौँ ।”

प्याब्सन स्थानीय पालिका कार्यसमिति टीकापुरका अध्यक्ष जयकृष्ण तिमिल्सिनाले विद्यार्थीलाई रोल नम्बरका आधारमा जोर÷बिजोर प्रणालीबाट विद्यालयमै पठनपाठन शुरु गरिनुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय सरकारलाई विद्यालय सञ्चालनको जिम्मा सरकारले दिएको भन्दै आफूहरु स्थानीय सरकारको निर्णय पर्खेर बसेको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य